बहुपति प्रथामा आधारित नेपाली चलचित्र ‘टुल्की’ बेलायतमा प्रदर्शन गरिने

SHARE:

लण्डन २५ फेब्रुअरी २०२४ ।

बहुपति प्रथामा आधारित नेपाली चलचित्र ‘टुल्की’ बेलायतमा प्रदर्शन गरिने भएको छ ।

सो चलचित्र अल्डरसटस्थित एम्पायर हालमा आउंदो मार्च ८ तारिख ६ बजे प्रदर्शन गर्न लागिएको हो । उक्त फिल्म सम्पादन गरेका फिल्म एडिटर तारा थापा किम्भेले शो आयोजना गरेका हुन् । थापा यतिखेर बेलायतमा छन् ।

नेपालको डोल्पा भेगमा हालसम्म कायम बहुपति प्रथालाई चलचित्रमा चित्रण गर्न खोजिएको बताउंदै थापाले शोमा आएर भरपुर मनोरन्जन लिन अपिल गरे । यस चलचित्रमा तीन भाइको एउटै श्रीमति हुन्छिन् । एउटा छोराले बिहे गरेर ल्याएपछि सबै दाजुभाइले श्रीमति स्वीकार गरेर बसेको कथा टुल्कीमा छ । के कसरी यो प्रथा थालनी भयो भन्ने विषय चलचित्रमा उतार्न खोजिएको छ ।

डोल्पाको रमणीय ठाउंहरुमा छायांकन गरिएको उक्त चलचित्र निर्देशन देव थापाले गरेका छन् भने निर्माता आर पी कर्माचार्य र उजेली लामा छन् । पाम ग्रुपको ब्यानरमा शेखर लामाले प्रस्तुत गरेका हुन् फिल्म । कथा लक्ष्मण सुनारको छ ।

फिल्ममा शिशिर बाङदेल, स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कथायत, रन्जन प्रसाद न्यौपाने आदिले अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!