
आरके त्रिपाठी – लन्डन
१. राजनितीमा गठवन्धन बन्नु,भत्कनु स्वभाविकै हो तर यो गठवन्धन चाहिं चुनाब अगाबै संग जनता कहाँ गएर सामुहिक एजेण्डा राख्दै अरु ५ बर्ष हामी संगै हिड्छौं भन्दै भोट मागेको प्रतिवद्धतालाई माओवादीले गठवन्धनमा सामान्य छलफल नगरि भङ्ग गरेकोले गम्भीर राजनैतिक प्रश्न उठेको छ।
२. नयाँ गठवन्धन गरि सरकार बनाउन मिल्ने संवैधानिक व्यवस्था भए पनि नयाँ गठवन्धन बनाउँदा उल्लेख भएको ८ बुँधे पत्रमा प्रधान मन्त्रीले पुरानो गठवन्धनले शुशासन,गती दिन सकेन/संक्रमण कालीन न्याय टुङ्गाउन बाधा भय। मन्त्रीले काम गरेन। चारैतिर व्यथिती भएको स्विकार गर्नु भयो।एकातिर विगत गठवन्धनको १४ महिना आफै नेतृत्व गर्ने,आफै प्रधानमन्त्री,अर्को तर्फ सरकार चलेन भन्दै गठवन्धन छाड्ने कार्य देख्दा प्रधानमन्त्रीलाई नैतिक देखिन।
३. मन्त्रीले संवन्धित मन्त्रालयको जिम्मा लिने हो तर प्रधानमन्त्रीले समग्र जिम्मेवारी लिनु पर्दैन ?
४. सनातन हिन्दु धर्मको बारेमा प्रधानमन्त्रीले लगाएको दोषमा कुनै तुक छैन। संविधानले धर्म निरपेक्ष भनेको छ।कांग्रेस संविधान मान्छ। कार्यकर्ता वा जनतामा यो विषय छलफल हुनु सामान्य हो।नेपाली कांग्रेस यो धर्मको विषयमा आधिकारिक प्रवेश गरेको छैन।यो आरोपमा कुनै तुक छैन।
५. कांग्रेसले कोशी प्रदेश सरकार गठन र कोशी प्रदेश Upper House को चुनाबमा असहयोग गऱ्यो भन्ने कुरा असत्य थियो।यो दोषमा राजनैतिक तुक छैन।
६. अन्य पार्टीको महासमितीको बैठकमा पारित हुने राजनैतिक, बैचारिक, सांगठनिक र समसामयिक प्रतिवेदनमा यो राख्यो, उ राख्यो, यो सुधार गर, उ सुधार गर्दा भन्दै चिच्याउनु, छटपटी गर्नु राम्रो राजनैतिक संस्कार देखिएन
७. माओवादी अधिवेशन ,सम्मेलनबाट पारित राजनैतिक प्रतिवेदनमा माओवादीको लागी प्रधानशत्रु नेपाली कांग्रेस भनिएको । विदेशी दलाल भनिएको छ। यसलाई नेपाली कांग्रेस पार्टिले कहिल्यै विरोध गरेन।हटाउ भनेन। त्यो हुँदा हुँदै पनि नेपाली कांग्रेस पार्टिले माओवादी लाई शान्ती प्रक्रियामा ल्याएको होइन र ?
८. नेकपा एमालेको राजनैतिक प्रतिवेदनमा प्रष्ट रूपमा माओवादी लाई विदेशी दलाल,अराष्ट्रिय तत्व,सत्ताको लागी जे पनि गर्ने प्रतिक्रिया बादी,सत्ताको लागी विदेशी संग आत्मा समर्पण गर्ने तत्व भनिएको छ तर यो लेख्ने एमाले प्रति नयाँ गठवन्धन बनाउँदा प्रचण्ड लाई किन आपत्ती भएन ? यो हेर्दा प्रचण्ड अस्थिर देखियो।
९. तिन पटक प्रधानमन्त्री भएको व्यक्तिले प्रचण्ड बाँचे सम्म उथल पुथल भइरहन्छ भन्नुको मतलब के हो ?यो देशलाई राजनैतिक अस्तिरता तिर धकेल्न नेपाली कांग्रेसले दिँदैन।
१०. प्रचण्डले मलाई छोए लात्ताले हान्छु भन्नु भएको के हो ? देशको प्रधानमन्त्रीले यो भन्न मिल्छ ?
११. नेपाली कांग्रेस महासमितीले अरु ४ बर्ष गठवन्धन बलियो बनाउँछौं वा यो गठवन्धन प्रति प्रतिबद्ध छौं भन्दा भन्दै प्रचण्डले धोका दिएको देखियो।अस्थिर देखियो ।
१२. अब नेपाली कांग्रेस प्रतिपक्षमा बस्दछ।
१३. निर्वाचन अगाडि गठबन्धन गर्नु हुँदैन थियो तर ग¥यौँ ।गठबन्धन गरि सके पछाडि यो गठबन्धनभित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् ,चाहे म हुँ? हामीले एक,अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ।त्यसैले मलाई इच्छा लाग्यो,मेरो सहजता,मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन।तर यी सबै कुराहरुको बेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ,जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन!
१४. माओवादीले गठवन्धन फेर्दा लगाएको राजनैतिक आरोप हेर्दा सबैमा लज्जाबोध भएको छ। सर्वत्र असफलतामा मन्त्रीहरु दोषी हुने, प्रधानमन्त्री चोखो हुने वा उन्कने हुन सक्दैन।यि असफलताका आरोपमा सत्यता देखिदैन।
१५. प्रचण्डमा अन्यौल र अष्पष्टता देखियो ।
१६. प्रचण्ड गठवन्धनबाट भाग्न प्रयास गरिरहेका थिए।यो कांग्रेसले नियाल्न सकेन।प्रचण्डबाट राजनैतिक बेइमानी र धोका भएको छ।
१७. अव नेपाली कांग्रेस एकढिक्का भएर जनमानसमा जान्छ।






