डा. शेखर कोइराला र कांग्रेसको भावी नेतृत्व: आर के त्रिपाठी – बेलायत

SHARE:

डा. शेखर कोइराला र कांग्रेसको भावी नेतृत्व

आर के त्रिपाठी – बेलायत

कांगेसभित्र पूर्ण ऐकेबद्धता बारे आरके त्रिपाठी सुत्र लेख्छन्, “नयाँपन दिन सबै मिली डा. शेखर कोइरालालाई नेपाली कांग्रेस पार्टीको सभापति बनाऔं”।

एकातर्फ गठवन्धनमा धोका,अर्कोतर्फ २०८४ को चुनाबमा कमनिष्ठहरु मिलेर चुनाब लड्ने डर, चारैतिर रहेको बेतिथी लाई चिर्नु पर्ने दायित्व,भ्रष्टाचार नियन्त्रण,सुशाषन, युवा परिचालन,रोजगारी वृद्धि, आर्थिक संवृद्धीलाई कायम राख्न र सन्तुलित विदेश संबन्ध कायम राख्नुपर्ने दायित्व कांग्रेसले लिनुपर्ने छ।

नयाँ विचार,भिजन दिन सक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने पार्नु पर्ने। नेपालमा भइरहेका समस्यालाई सम्वोधन गर्नु पर्ने। पार्टीमा भइरहेका बेथितिलाई राम्रो सँग अन्त्य गर्नु पर्नेछ/यसको लागी कांग्रेसबाट मात्रै संभव देख्छु।

नेपाली कांग्रेस नेताहरु ऐकेबद्ध हुँदा आगामी चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ।नेपालका कम्युनिष्ठ पार्टीहरु मिलेर उठे पनि कांग्रेस माथी नै हुनेछ।

तर कांग्रेसले बहुमत ल्याउन कांग्रेसमा नयाँ, सफा, भिजनरि,इतिहाँस र विराशत बोकेको नेता छान्नु परेको छ।त्यो को हुनुहुन्छ त नेपाली कांग्रेस भित्र? भनि खोजी शुरु गर्नुपर्ने बेला आएको छ। मैले यस्तो नेतृत्वको खोजी गर्न थालेको छु।

भारतमा गान्धी परिवार र कांग्रेस आई पार्टी एक अर्काका पर्यावाची भए जस्तै नेपालमा पनि कोइराला परिवारबाट कांग्रेस अलग गर्दा कांग्रेसको इतिहास र वर्तमान अधुरो हुन्छ, भविष्यको कुरा भन्न सकिन्न।

किनकि कोइराला परिवारको तेस्रो पुस्ताले कांग्रेसमा प्रभाव कायमै राखेका बेला चौथो पुस्ताबाट राजनीतिमा प्रभाव राख्ने कुनै सदस्य नेतृत्वमा आइसकेका छैनन्।

कोइराला परिवारको विरासत फर्काउने ल्याकत अहिले प्रभाव राख्ने शेखर कोइराला बाहेक अरुमा देखिन्न।

विपी कोइराला,गिरिजा र सुशील कोइराला देखिको परम्परागत कोइराला परिवारको विरासत,राजनीतिक सुझबुझ तथा सक्रियता, बाह्य सम्बन्ध, देशको सारा बेतिथी, अन्यौल र निराशा लाई केहि हद सम्म भनेपनि मलम पट्टी लगाउन सक्ने, दिर्घकालीन नेपालको विकाशको पथ र संवृद्धिको रेखा कोरी भविष्यको नेतृत्वको पिंढी लाई सहज बनाई दिन सक्ने हिसाबले डा. शेखर कोइराला कांग्रेसको भावी नेतृत्वका लागि बलियो उम्मेदवार हुनुहुन्छ।

भद्र,शालिन,शान्ती प्रक्रियामा योगदान गरेका, बौद्धिक, नैतिक, अनुशाषित, शाहिदको मर्म आत्मासात गर्ने, दुर दराजका जनताका आवाज सुन्न चाहने डा शेखर कोइरालालाई अब भविष्यमा नेपाली कांग्रेस पार्टी सभापती बन्न ढोका बन्द गर्दा नेपाली कांग्रेस पार्टी अझै मिसन २०८४ मा तल खस्कने वाला देखिन्छ।

प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आम कार्यकर्ताले १५ औं महाधिवेशनमा कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् ।

इतिहास साक्षी छ,नेपाली कांग्रेसले मुलुकका राष्ट्रिय स्तरका मुद्दा मात्र होइन, गाउँ घरका साना तर प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आम कार्यकर्ताले कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् ।

नेपाली कांग्रेसले सबै जसो क्रान्ति र परिवर्तनलाई आत्मसाथ गर्दै आफुलाई जनभावना अनुरुप उभ्याएको छ ।

२००७ सालमा राणाहरुको पञ्जाबाट राजा र जनतालाई मुक्त गर्न होस् वा २०१७ साल देखिको पञ्चायती शासनकालको अन्त्य गर्दै बहुदलीय व्यवस्था ल्याउन कांग्रेसले नै नेतृत्व गरेकै हो।

समय सापेक्ष जनताको परिवर्तनको चाहनालाई मुर्तरुप दिएकै हो ।

२०५० साल पछि शशष्त्र द्वन्द्वलाई समाप्त पार्न, राजतन्त्रको समुल अन्त्य गर्न, धर्मनिरपेक्षता, संघिय गणतन्त्र स्थापना र संविधान लेखनमा कांग्रेसले जनता र मुलुकमा पक्षमा नउभिएको भए अहिले पनि हामी आन्तरिक द्वन्द्वमा रुमलिइरहने थियौं वा कुनै पर चक्रिको शासनमा थिचिने थियौं।

नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो,जसले जनताका हरेक परिवर्तनमा चाहनामा आफुलाई समय सापेक्ष परिवर्तन गरेको छ र आउँदा दिनहरुमा पनि गर्ने नै छ ।

अहिले सक्षम नेतृत्वको अभावमा पार्टी आन्तरिक रुपमा कमजोर तथा नेतृत्व विहिनको अवस्थामा रहेको छ। अब पार्टीलाई प्राण भर्नका लागि पनि १५ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ।

१५ औं महाधिवेशन प्रतिनिधि मार्फत् ३ करोड नेपालीको विश्वासको नेता बनाउने वा छान्ने अवसर हो ।१५ औं महाधिवेशनमा नयाँ विचार,भिजन दिन सक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने पार्नु पर्नेछ । नेपालमा भइरहेका समस्यालाई सम्वोधन गर्नु पर्नेछ। पार्टीमा भइरहेका बेथितिलाई राम्रो सँग अन्त्य गर्नु पर्ने।

एक पक्षीय नभइ,गुटको पछि लागेर कसैलाई काखा पाखा गर्दैन भन्ने विश्वास दिलाउन सक्ने नेतृत्व ल्याउनु परेको छ।

समुन्नत नेपाल निर्माणको लागी परिवर्तित कांग्रेसको लागी जन विश्वासिलो नेतृत्व छान्नु नै नेपाली कांग्रेस कार्यकर्ताको लागी ठूलो परीक्षण हो।

कांग्रेसमा नेतृत्व परिवर्तनको प्रशव वेदनामा छ ।छटपटी छ।नेतृत्व परिवर्तन,त्यो पनि एउटा फ्रेस नेतृत्वको खोजी छ। यसमा डा. शेखर कोइराला अहिलेको अवस्थामा उपयुक्त देखिन्छन् ।

अर्को कुरा उनीसँग युवा टीम छ/ती युवाहरुलाई लिएर कांग्रेस रुपान्तरणको अभियानमा लागिरहेको हुनाले डा शेखर कोइरालालाई नेपाली कांग्रेस पार्टीको भाबी सभापती बन्न रोकियो भने आउने महा निर्वाचनमा नेपाली कांग्रेस प्रतिको जन विश्वास हवात्तै घट्ने देखि रहेछु म।

पुराना अनुहार प्रति आम कांग्रेसजनमा त्यति धेरै भरोसा छैन।किनकि विगतका आम चुनावमा कांग्रेसले भोगेको पराजय पुराना अनुहारहरुको रुप झल्किएको प्रष्ट देखिन्छ।हामी अत्यन्त संवेदनशील र जटिल भूराजनीतिक परिवेशबाट घेरिएका छौं।

खल्बलिने खतरामा रहेको विदेश सम्बन्धलाई सन्तुलनमा ल्याउने र अन्तर्राष्ट्रिय समुदायको विश्वास एवं सद्भाव हासिल गर्न ठोस कदम चाल्न आवश्यक छ।त्यसको लागी परिपक्व पार्टीको शाषन र पाका भरपर्दा र दाग नलागेको नेता नेपाली कांग्रेस पार्टी भित्र ल्याउनु परेको छ।

राष्ट्रिय स्तरका मुद्दा मात्र होइन,गाउँ घरका साना तर प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आम कार्यकर्ताले कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् ।

वीपीको विचारलाई व्यवहारमै कार्यान्वयन गर्न आवश्यक छ।यस्तै पार्टीको भ्रातृ संगठनलाई आवधिक राख्न,समयमै केन्द्रीय विभागहरुको गठन गर्न आवश्यक छ।

अझ महत्त्वपूर्ण कुरा त आउँदो तीनवटै निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन, युवालाई आगामी नेतृत्व हस्तान्तरण गर्न र सरकार र सदनमा सशक्त नेतृत्व दिन सक्ने नेतृत्व ल्याउनु परेको छ।

अहिलेको अवस्थामा त्यसको लागी परिपक्व पार्टीको शाषन र पाका,भरपर्दा र दाग नलागेको नेता नेपाली कांग्रेस पार्टी भित्र ल्याउनु परेको छ।

जसरी गान्धीबादी जिवन पद्धती,सोच र आन्दोलनले भारत स्वतन्त्र भयो,त्यसै गरि नेपालको संविधान कार्यान्वयन,संवृद्धि र विकाशको लागी Top नेतृत्व मिदुभाषी बैचारिक,नैतिक,बौद्धिक,पाका र सादगी नेतृत्व ल्याउनु परेको छ।

म नेपाली कांग्रेस पार्टी बाहेक अरु पार्टी बाट नेपालको संवृद्धि विकाश संभब देख्दिन।

मेरो आँखा अगाडी डा शेखर कोइराला मिदुभाषी, बैचारिक, नैतिक, बौद्धिक, पाका र सादगी देखि रहेछु।

म,त्यसैले १५औं महाधीबेशनमा सम्मानीय शेर बहादुर देउवाको प्रस्तावमा र माननीय गगन थापाको समर्थनमा डा शेखर कोइराला लाई नेपाली कांग्रेस पार्टी सभापती सर्वसम्मतीले बनाउँदा नेपाल र नेपाली कांग्रेस पार्टीको भलो देखिरहे छु ।

म, यि बस्तुपरक यथार्थ हुँदा हुँदै पनि डा शेखर कोइराला नेपाली कांग्रेस पार्टीको भाबी सभापती बन्न रोकियो भने आउने महा निर्वाचनमा नेपाली कांग्रेस प्रतिको जन विश्वास हवात्तै घट्ने देखि रहेछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!