लन्डन २ अप्रिल २०२४ । नेपालकी लोकप्रिय लोकदोहोरी गायिका भूमिका गिरी यतिबेला बेलायतमा छिन् । नेपाली नयाँ वर्षका अवसरमा बेलायतमा तय भएका विभिन्न कार्यक्रममा प्रस्तुति दिन उनी गत साता लन्डन आएकी हुन् ।
भूमिकाले रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) ले अप्रिल ७ तारिख एसियन कम्युनिटी हल प्लमस्टिडमा आयोजना गरेको नयाँ वर्ष शुभकामना सांझमा ‘परफर्मेन्स’ दिने कार्यक्रम छ । त्यसैगरी, अप्रिल १३ तारिख बेजिङस्टोक नेपलिज कम्युनिटीले गर्ने समर पार्टी तथा नयाँ वर्ष २०८१ को शुभकामना कार्यक्रममा समेत उनको प्रस्तुति रहने छ ।
भूमिकाले मिडल्याण्डको उल्भरहयाम्टनस्थित हाम्रो नेपाली समाजको आयोजनामा अप्रिल १५ तारिख सोमबार हुने नयाँ वर्ष कार्यक्रममा पनि गाउने तय भएको छ ।त्यस्तै, उनले ८ अप्रिलमा नेपाल स्कटल्याण्ड एशोसिएसनको कार्यक्रममा एडिनबरामा, १० अप्रिलमा कार्लाएल नेप्लिज कम्युनिटी वेल्सको कार्यक्रममा र १२ अप्रिलमा कोभेन्ट्री नेपाली समाजको नयाँ वर्ष कार्यक्रममा पनि प्रस्तुति गर्नेछिन् ।






