गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) रेडिङमा प्रदर्शन हुँदै [भिडियो]

SHARE:

जमुना पुन 

बेलायत ५ अप्रिल २०२४ । नेपाली सामाजिक कथानक चलचित्र ङ्हेल्स्यो (सैना) बेलायतको रेडिङ सहरमा रेडिङ तमु समाजको आयोजनामा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र आइतबार १४ अप्रिल २०२४ को दिन बेलायतको रेडिङस्थित South Reading Youth and community हलमा प्रदर्शन हुने भएको छ । चलचित्र हेर्नका लागि दिनको ठिक १ बजेर ३० मिनेटमा ढोका खुल्ने भएको छ भने चलचित्र दिनको ठिक २ बजे प्रदर्शन हुने भएको छ । चलचित्रको साधारण टिकटको मूल्य £१० मात्र राखिएको उक्त चलचित्रका मुख्य निर्माता लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङले जानकारी दिएका छन् ।

चलचित्र ङ्हेल्स्यो (सैना) पाईला फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको हो। उक्त फिल्मस् बेलायतवासी लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण प्रसाद गुरुङ र पान कुमारी (प्रेरणा) गुरुङले निर्माण गरेका हुन् भने अन्य निर्माताहरु देब कुमारी गुरुङ, कुमारी गुरुङ र टोल प्रसाद गुरुङ रहेका छन्।

लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङको परिकल्पनामा तयार पारिएको पटकथालाई लोकप्रिय कलाकार तथा निर्देशक उमान सिङ (माओत्से) गुरुङले पटकथा तथा सम्बाद लेखेका छन भने उनै माओत्से गुरुङले चलचित्र सैनालाई निर्देशन गरेका छन । चलचित्रको सह-निर्देशकमा अर्जुन गुरुङ रहेका छन् ।

चलचित्रमा नायक बिश्वात्मा गुरुङ, नायिकाहरु स्नेह गुरुङ र बन्धना घर्तिमगरको चलचित्र ङ्हेल्स्यो (सैना) मा दमदार अभिनय रहेको छ । अन्य कलाकारहरुमा सुसन गुरुङ, थमान गुरुङ, देब कुमारी गुरुङ, मिलन क्रोम्छे तमु, इन्द्र माया गुरुङ, किरण गुरुङ, कुमारी गुरुङ, टोल प्रसाद गुरुङ र गल गुरुङले अभिनय गरेका छन् ।

मनोज गुरुङको शब्द, रचना र संगीत रहेको गीतलाई तेजेन्द्र गुरुङले संगीत भरेका छन् । गायनतर्फ मनोज गुरुङ, मेलिना राई, मिलन अमात्यले स्वर दिएका छन।

स्मरण रहोस, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा चलचित्र सैना प्रदर्शन भएको थियो। उक्त प्रदर्शनबाट उठेको रकम उक्त नगरपालिका अन्तरगत पर्ने बोबाङ खोलामा अप्रत्याशित रुपमा आएको बाढीले अभिभावक गुमाएका अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका थियौं ।

चलचित्र ङ्हेल्स्यो (सैना) का मुख्य निर्माता यूके निवासी लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङ र उनको सुपुत्र दिनेश गुरुङबाट व्यक्तिगत रुपमा ढोरपाटन नगरपालिका रहेका जनता आधारभूत विद्यालय सुप्राङ र सरस्वती माध्यमिक विधालय सुपुर्दुङमा अध्ययन गर्ने ६५ जना विद्यार्थी बाबुनानीहरुलाई शैक्षिक सामाग्री, स्कुले पोशाक (पुरै सेटमा) र विद्यालयको कार्यालय प्रयोजनका लागि फर्निचर (दराज) २ थान सहयोग गरेका छन् ।

चलचित्रका निर्माता लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङ र प्रेरेणा गुरुङले चलचित्र ङ्हेल्स्यो (सैना) बेलायतका अल्डर्सट, क्याट्रिक, डोनकाष्टर र ब्रेकनमा प्रदर्शन भैसकेको जानकारी गराएका छन भने निकट भविष्यमा बेलायतका बिभिन्न स्थानहरुमा प्रदर्शन गर्ने तयारी भैरहेको बताएका छन। उक्त चलचित्र प्रदर्शनहरुबाट उठेको रकम पनि यस्तै परोपकारी कार्यहरुमा खर्च गरिने लक्ष रहेको ले. गुरुङले जानकारी दिएका छन।

टिकटका लागि रेडिङ तमु समाजका अध्यक्ष रुद्र गुरुङ, महासचिब यम गुरुङ, कोषाध्यक्ष हस्त गुरुङ र पुर्ब अध्यक्ष नन्द गुरुङलाई सम्पर्क गर्न अनुरोध गरेका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!