चलचित्र डिग्री माईलाले पेट मिचिमिची हसाँयो
चिम्खोले काईला – लण्डन
आइतवार १४ अप्रिलका दिन चलचित्र डिग्री माईला बेलायतको अल्डरसटको प्रिन्सेस हलमा भब्य प्रदर्शन भएको छ। सो चलचित्रले चलचित्र हेर्न आएका दर्शकहरुलाई पेट मिची मिची हँसाएको छ। चलचित्र डिग्री माईलानेपाली नयाँ बर्ष २०८१ को उपलक्षमा प्रदर्शन गरिएको हो।
चलचित्र हेर्न आएका दर्शकहरुको प्रतिक्रिया अनुसार चलचित्र समय शान्दर्भिक रहेको बताएका छन। नेपाली समाजमा आजसम्म पनि जातीय विभेदले गर्दा विबहालगायत रॊजगारमा पनि विभेद भएको जनाएको छ।
नेपाली चलचित्रजगतका चर्चित निर्देशक रामबाबु गुरुङको निर्देशनमा निर्देशित चलचित्र डिग्री माईलामा कलाकार दयाहाङ राई र आचल शर्माले मुख्य भूमिका निभाएका छन भने अन्य कलाकारहरुमा, माओत्से गुरुङ, बुद्धी तामाङ र बिजय बराललगायतका कलाकारहरुको अभिनय गरेका छन ।
चलचित्र डिग्री माईला नेपालमा नयाँ वर्षकै दिनमा प्रदर्शन भएको छ भने बेलायतमा आज प्रदर्शन भएको छ। केटुएस, जीनाईन ईन्टरटेनमेन्ट र दास ईन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजित चलचित्र डिग्री माईला आगामी दिनहरुमा आशफोर्ड, स्वीण्डन, रेडिङ, मेडिस्टोन र हेयज लगायत दर्जन भन्दा बढी ठाउँमा शो गरिने केटुएसका प्रबन्ध निर्देशक अनिल पुर्जाले बताएका छन ।
यस डिग्री माईला चलचित्र दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको थियो। ‘डिग्री माईला’ नाटकमा आधारित यस चलचित्र निर्माण भएको हो ।






