​लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘रीत’ बेलायतको साउथ ह्यारोमा प्रदर्शन

SHARE:

लन्डन १६ अप्रिल २०२४ । किरात याक्थुङ चुमलुङ युके ग्रेटर लन्डन शाख़ाको आयोजनामा याक्थुङ (लिम्बूहरूको) मौलिकतामा आधारित चलचित्र ‘रीत’ प्रदर्शन भएको छ । साउथ ह्यारोस्थित गोल्डेन सीप रेस्टुरेन्टमा अप्रिल १४ मा प्रदर्शन भएको हो ।

चलचित्रमा लिम्बू समुदायको संस्कृति, संस्कार र प्रचलनको संरक्षणलाई मात्र लक्षित नगरेर सिंगो नेपालीको सभ्यतालाई पनि प्रकाश पारिएको दर्शकले बताएका छन् । उक्त चलचित्र च्यारिटीका लागि प्रदर्शन भएको चलचित्र राम्रो र सन्देशमूलक रहेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा तान्छोहाङ इङ्नाम, विमला खजुम, लक्ष्मी योङहाङ, सोनी थोक्लिहाङ, सागर केरुङ, यासेली योङहाङ, तेज मेन्याङ्बोलगायत कलाकारले अभिनय गरेका छन् । केवाईसी युके, जीएलबीका अध्यक्ष देव आङ्बुहाङ, संस्थाका सल्लाहकार असारसिंह आङ्बुहाङ, केवाईसी नेपाल, ललितपुर उपाध्यक्ष आशा नेम्बाङ र उनका श्रीमान् भवानी नेम्बाङलाई कार्यक्रमको प्रारम्भमा खादाले सम्मान गरिएको थियो ।

शाखाले गोल्डेन सीपका डाइरेक्टर देव गुरुङलाई पनि खादा ओढाएर धन्यवाद दिएको थियो । सो अवसरमा संस्थाका सल्लाहकारहरू असारसिङ् आङ्बुहाङ, रेसु फियाकका साथै समितिका सदस्यहरू पदम योङ्हाङ, राजेन्द्र नाल्बो, राम लुम्फुङ्वा, बुद्ध इजम लिङदेन, किशोर आङ्देम्बे, गंगाराम सुब्बा, जसराज चेम्जोङको पनि  सहयोग र उपस्थिति रहेको थियो।

यसैगरी, सदस्यहरू रन तावा, दिनेश लिङ्देन, नरमाया माङ्देन, भक्ति आङ्देम्बे, उज्ज्वलता सुब्बा, मीरा सुब्बा, रीना सुब्बा, केबी किराती, लुकी थेबेलगायत पनि उपस्थित थिए। याक्थुङ लिम्बूहरूको संस्कृति र परम्पराको संरक्षण गर्न उपस्थित भएकामा अध्यक्षले सहभागीलाई धन्यवाद दिए।

केवाईसी युके ग्रेटर लन्डन शाखाका केन्द्रीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति अधिकारी कमला सेन्दाङ, शाखा अध्यक्ष देव आङ्बुहाङ, समितिका पदाधिकारीहरू पदम योङहाङ, राजेन्द्र नाल्बो र गंगाराम सुब्बाले चलचित्र प्रदर्शनको अन्त्यमा संकलन भएको रकम आशा नेम्बाङलाईलाई हस्तान्तरण गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!