
जयराम तामाङ
लन्डन २३ अप्रिल २०२४ । स्वीइन्डनको द काउमा भ्वाइस अफ नेपाल सिजन-५ कलाकारहरुले दमदार प्रस्तुति दिएका छन् ।
बेलायतमा १ महिने भ्रमणका लागि आएका कलाकारहरु नोगेन लिम्बु, मकर योञ्जन र विनोद राई तथा सिजन ४ का योगेश मगरले अप्रिल २१ तारिख आइतबार दिन सुइण्डनस्थित द काउ बाङ्केटिङ हलमा आयोजित कार्यक्रममा आ-आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।
ती कलाकारहरुलाई बेलायत आउनका लागि सुनगाभा इन्टरटेन्टमेन्टले स्पोन्सर गरे तापनि स्वीइन्डनको कार्यक्रमको आयोजना ग्रीन ट्रि समूहका मनु पाइजा, झलमराज राई र गौरभ लिम्बुले गरेका थिए । भ्वाइस अफ नेपालका होस्ट सुशील नेपालको साथमा बेलायतका विभिन्न ठाउँमा कार्यक्रमहरु गरिसकेका छन् । कार्यक्रम ४ बजेदेखि सुरु हुने भनेर टिकट बिक्री गरिए पनि कलाकारहरु ७ बजेमात्रै आइपुगेका थिए ।
कलाकारहरुलाई ग्रीन ट्री का मनु पाइजा, झलमराज राई र गौरभ लिम्बुले खादा लगाएर स्वागत गरेका थिए । भ्वाइस अफ नेपालका कलाकारहरुको प्रस्तुति हेर्नको लागि अधिकांश महिला दर्शक नै थिए ।
कलाकारहरुलाई हौसला दिँदै शिरमा पैसा राख्दै सेल्फी खिच्ने महिला दिदीबहिनीहरुको तँछाडमछाड नै चलेको थियो । बेलायतको दर्शकहरुको माया, सम्मानप्रति अति नै खुसी रहेको कलाकारहरु बताएका थिए ।








