यस्तो छ मे ५ मा बेलायतमा हुने कन्सर्टबारे गायिका आनी छोइङ डोल्माको सन्देश

SHARE:

लन्डन २४ अप्रिल २०२४ । लोकप्रिय समाजसेवी तथा गायिका आनी छोइङ डोल्माले मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा हुने कन्सर्टमा उपस्थितिका लागि बेलायतवासी नेपाली समुदायलाई अपिल गरेकी छिन् ।

एक भिडियो सन्देश जारी गर्दै मानवसेवा आश्रम युके शाखाले आगामी मे ५ तारिखमा क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा आयोजना गर्ने ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा सहभागी हुन अपिल गरेकी हुन् । गायिका डोल्माले कार्यक्रममा संकलित सहयोग रकम मानव सेवामै खर्च हुने विश्वास दिलाएकी छन् । उक्त कार्यक्रममा गायिका आनीले प्रस्तुति दिने छिन् । कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको आयोजक मानवसेवा आश्रम बेलायतका अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिए । करिब ८ वर्षअघि बेलायतको रेडिङमा आनीको कन्सर्ट उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो ।

गायिका आनीको सन्देश जस्ताको तस्तै
मानवसेवा आश्रम युकेद्वारा आयोजित इनर मेलोडी फर इनर पिस नामक सांगीतिक प्रस्तुति लिएर म आउँदैछु । यो सांगीतिक प्रस्तुति हाम्रो मानवसेवा आश्रम नेपालले विगत १० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएका सबै काम कार्यलाई अझै निरन्तरता दिनलाई या अझ धेरैभन्दा धेरै सेवा राम्ररी दिन चाहिने जति स्रोस जुटाउनु पर्ने हो, त्यो स्रोत जुटाउनका निम्ति यो कार्यक्रम आयोजना भइरहेको छ । म पनि मनैदेखि लागिपरेको छु ।
हाम्रो मानव सेवा आश्रमको सेवा कार्यलाई अझै सार्थक तुल्याउन, अझै हाम्रा आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई, अप्ठ्यारामा भएका, दुखीहरुलाई, रोगले पिरोलिएकाहरुलाई, बेसहारा, अशक्तहरु सबैलाई आफ्नै ठानी माया ममताका साथ, सेवा सुविधाका साथ उहाँहरुको जीवन सुधार्नका निम्ति हामीले यो कार्यक्रम गर्दैछौं । तपाईंहरु सबैका लागि पनि यो कार्यक्रम सुवर्ण अवसर ठानेको छु । तपाईंहरु यो कार्यक्रममा आएर, टिकट किनेर जति स्रोत जुटिन्छ । त्यो सय प्रतिशत, सार्थकताका साथ उपयोग हुन्छ भन्ने मेरो एकदमै विश्वास छ । त्यसैले २०२४ मे ५ का दिन तपाईंहरुले मार्क गरेर राख्नु होला । बेलुकी छ बजे मेरो सांगीतिक कार्यक्रम हेर्नका लागि क्यालेन्डरमा नबिर्सी लेखिराख्नु होला । यो एकदमै चित्तबुझ्दो कार्यक्रम हुनेछ । किनभने तपाईंहरुले मिहिनेतले कमाएका सानो भन्दा सानो सहयोग पनि सेवामै लाग्नेछ । तपाईंहरुले सन्तुष्टि पाउनुहुनेछ । मैले धेरै चोटी मौका पाएको छु । सन्तुष्टि महसुस गर्ने र तपाईंहरु पनि यसमा जुट्नुपर्छ भन्ने मेरो प्रार्थना छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!