
काठमाडौं – युवा व्यवसायी तथा गैर आबासीय नेपाली संघ (एनआरएनए) अभियान्ता विनय अधिकारीले उनको दोश्रो गीत ‘युके बस्ने माया’ भोली (बुधबार) सार्वजनिक गर्ने भएको छ । उनको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’ माफर्त गीत सार्वजनिक हुने भएको हो ।
गीतमा सान्ति श्री परियार र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र जुनु गुरुङले अभिनय गरेका छन् । गीतमा बिनय अधिकारीको शब्द र बद्री सापकोटाको संगित रहेको छ ।
भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो दोश्रो गीत हो । यसअघि ‘दुनियाँ लठ्ठै छ’ बोलको गीत बजारमा ल्याएका थिए ।
उक्त गीत झण्डै ६ लाख दर्शकले हेरेका छन् । पहिलो गीतमा अधिकारीको दमदार अभिनय रहेको थियो । उनको अभिनयलाई धेरैले रुचाएपछि अधिकारीले दोश्रो गीत आफ्नै शब्दमा तयार पारी बजारमा ल्याउन लागेका हुन् । नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले सांगितिक क्षेत्रमा लगानी गरिरहेका छन् ।
उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।
अधिकारी बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् ।






