नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन चर्चित गायक राजु लामा लन्डन आइपुगे

SHARE:

लन्डन ११ जुन २०२४ । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय ‘नेपाली ओपन कन्सर्ट’मा प्रस्तुति दिन मंगोलियन हर्टका चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् ।

मगर संघ युकेको आयोजनामा यही जुन १५ तारिखमा मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने नेपाली ओपन कन्सर्टका लागि गायक लामा मंगलबार हिर्थो एयरपोर्टको टर्मिनल ३ आइपुगेका हुन् । उनलाई मगर संघ युकेकी अध्यक्ष सीता पुर्जा पुन मगर, कार्यक्रम संयोजक होम रोका, सचिव गुमान पुनमगर, युथ अध्यक्ष अनिल थापा, उपाध्यक्ष दिपक माइथाने मगर, सांस्कृतिक सचिव सरू राना गुरूङ लगायतले स्वागत गरे ।

गायक लामालाई आजै बेलुकी ५ बजे फानबोरोस्थित मगर भवनमा मगर संघ युकेलस स्वागत गर्ने जनाइएको छ ।

मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै ‘म्युजिक फर युनिटी’ नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि काम गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!