नेपाली ओपन कन्सर्टमा आएका राजु लामालाई मगर संघ युकेको बिदाइ

SHARE:

जमुना पुन
लन्डन १९ जुन २०२४ । नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन बेलायत आएका चर्चित गायक राजु लामालाई मगर संघ युकेले बिदाइ गरेको छ ।

मगर भवन फार्नबोरोमा १७ जुन २०२४ मा गायक लामालाई बिदाइ गरिएको हो । उनलाई मगर संघकी अध्यक्ष सीता पुनले संस्थाको तर्फबाट कदरपत्र, खादा, प्रमाणपत्रसहित बिदाइ गरिन् । त्यस्तै सिक्का ब्यान्डका संयोजक देक गुरुङ र अन्य सदस्यहरुलाई पनि अध्यक्ष सीता पुनले संस्थाको तर्फबाट खादा र प्रमाणपत्रले सम्मान गरिन्।

कार्यक्रममा स्वागत मतव्य नेपाली ओपन कन्सर्ट-२०२४ का प्रमुख संयोजक तथा मगर संघ युकेका उपाध्यक्ष होम रोका मगरले राखेका थिए । उनी मन्तव्यका क्रममा थुप्रै चुनौतीका बाबजुद नेपाली ओपन कन्सर्ट कार्यक्रम सफल भएको भनिरहँदा भावुक बनेका थिए ।

बिदाइ कार्यक्रममा बोल्दै गायक लामाले पनि मगर संघ युके र बेलायतवासी नेपालीहरुको मायाले भावुक बनाएको र सांगीतिक क्षेत्रमा अझै कटिबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

अध्यक्ष सीता पुनको अध्यक्षता, गायक लामा प्रमुख अतिथि रहेको कार्यक्रम संचालन महासचिव गुमान सिङ्ग थापा मगरले सञ्चालन गरेका थिए ।

बिदाई कार्यक्रममा मगर संघ युकेका पूर्वअध्यक्ष दुत पुन, महिला उपाध्यक्ष निर्मला थापा, ट्रष्टीहरु क्याप्टेन ताम धेगा, जगत थापा, जमुना पुन, हेम राना, पूर्व ट्रष्टीहरु राजेन राना, गोमा राना, सल्लाहकारहरु, छविमाया पुन, क्याप्टेन वीर थापा, यूएसबी शाखाका अध्यक्ष ऋषि राना, युथ संयोजक अनिल थापा, सांस्कृतिक सचिब सरु रानालगायत धेरै कार्यसमितिहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!