लण्डन २६ जुन २०२४ । नायक दयाहाङ राईको उपस्थितिमा बेलायतमा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को प्रीमियर हुने भएको छ ।
गोर्खा वरियर्स इभेन्टले जुन २९ र ३० मा बेलायतमा उक्त चलचित्रको प्रिमियर गर्ने भएको हो । २९ जुनमा सिने वर्ल्ड अल्डरसटमा हुने प्रीमियरमा चलिचत्रका अभिनेता दयाहाङ्ग राई पनि उपस्थित हुनेछन् ।
यस्तै जुन ३० को सो आसफोर्ड पिक्चर हाउसमा हुनेछ ।्बाँसुरी फिल्मको ब्यानरमा नविन सुब्बाद्वारा निर्देशित उक्त चलचित्रले नेपालको पूर्वी किरात बस्तीको राई समुदायको कथावस्तु बोकेको छ । यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् राई, पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन् ।






