“मागी बिहे कि भागी बिहे” सार्वजनिक

SHARE:

संजय सिङजाली मगर – नेपाल
उत्कृष्ट म्युजिक भिडियो  ” मागी बिहे कि भागी बिहे ” भव्य समाहरोह बिच सार्वजनिक भयो ।
” मागी बिहे कि भागी बिहे ”  म्युजिक भिडियो सार्वजनिक पत्रकार सम्मेलन मार्फत भएको छ । देव आरएन र जिशु कोइरालाको रोमान्च रहेको गिति भिडियो एक भव्य समाहरोह बिच सार्वजनिक गरिएको हो ।
नन्दुले शब्द रचना गरेको गीतमा संगीत संयोजन रमेश सेन्चुरीको रहेको छ । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले स्वर दिएका छन् । सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा देव र जिशुसँगै विजय कृष्ण श्रेष्ठ, सरोज श्रेष्ठ र भक्त बहादुरको पनि अभिनय देख्न सकिन्छ ।
नवलपुरको ढोडेनीमा छाँयाकन गरिएको भिडियोको परिकल्पनाकार राहुल रसाईली हुन् । त्यस्तै भिडियोमा सन्तोष परियारको सिनेमाटोग्राफी तथा सन्देश दियालको सम्पादनरहेको उक्त भिडियो आज सम्मकै अब्बल मानिएको छ ।
गीत सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनका प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले म्युजिक भिडीयाको सफलताको कामना गरे । उनले नेपाली कला सँस्कृतिको प्रवर्द्धनमा सेन्ट्रल कलेजको हरदम साथ रहिरहने पनि बताए ।
मोडल देवलाई प्रश्नमा उत्तर यस्तो थियो । देवले बिगत भन्दा राम्रो अभियान आफूले गरेको बताए । पहिलो पटक लोक पप जनराको गीतमा काम गर्दै नृत्यको प्रयास गरेको समेत बताए । उनले यस अघि आधा दर्जन बढी म्युजिक भिडियो अभिनय गरिसकेका छन् । निर्देशक श्रेष्ठ र कोरियोग्राफर रसाइलीले सक्ने प्रायसहरु हामीले कोशिस गरेको बताए । देवलाई फिल्मी को अफर आए आफु आबद्ध हुन सकिने जानकारी पनि दिए । उनले अभिनय गरेको मागी बिहे कि भागी बिहे गीत देव आरएन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!