याक्थुङपन बिनाको याक्थुङ कार्यक्रम ‘सिसेक्पा तङनाम-२४’

SHARE:

कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’
महा चुम्लुङको रुपमा युकेवासी याक्थुङ समुदायले हरेक वर्ष मनाउँदै आएको सिसेक्पा तङनामको क्वालिटी घट्दो छ र यो वर्ष झन् लास्ट खतम रहेको आम सहभागीहरुको ठम्याई रह्यो । चुम्लुङ आफ्नो उद्देश्यअनुरुप अगाडि नबढेकाले म आफै सिसेक्पा तङनाम नगएको ६ वर्ष भयो । यो टिप्पणी चाहिँ सहभागीहरुको विचार हो । धेरै साथीहरुको नाम यहाँ उल्लेख गरिएका छैनन् । केहीका नामै छन ।

सिसेक्पा तङनामको रमाइलो
१. घाँस कटाइँ दामी थियो ।
२. केलाङमा याक्थुङ, नेपाली र अंग्रेजीमा उद्घोषण ।
३. जँडियाहरुको लागि चिसो अंग्रेजी ड्राफ्ट बिअर ।
४. २००६ देखि लगतार खटिएका सन्तोष अनेम २०२४ पनि उत्तकै सक्रिय रहेको देखेर पूर्वउपाध्यक्ष नर थाम्सुहाङ आफै चकित ।
५. यो वर्ष आ-आफ्नै वा हाम्रै भेषभूषामा रमाएका गैर याक्थुङहरुको उपस्थिति सानदार थियो ।

थप आकर्षण
१. राजेशलाई जबरजस्ती ल्याउनका कारण अध्यक्षसँगको व्यावसायिक सम्बन्ध ।
२. पदाधिकारीलगायत हर्ताकर्ता र तिनका केही आशेपासेहरु प्रवेश शुल्कदेखि कुवाकुजासमेत नि:शुल्क ।
३. आफ्नै प्रयासमा पालामी अभियानमा बेलायत आएका जीवन केदेमलाई ‘लु तपैको केही छ भने प्रस्तुत गर्नु’ भन्दै महासचिवले ठूलै अपमान गरेका एकजना पूर्वकेन्द्रीय अध्यक्षको नोटिस ।
४. राजेशपायल राईको उपस्थितिलाई ९९ प्रतिशतले रुचाएनन् ।
५. चुम्लुङ अध्यक्ष लाहुरे भएकाले हुनुपर्छ अथितिको नाममा ब्याज लगाउनेको संख्या दुई/तीन रेजिमेण्टभन्दा धेरै थियो । बिहानदेखि रातिसम्म अथितिका नाम बोलाइने कार्य जारी रह्यो।
६. महासचिव माइक मोह अत्यासलाग्दो । उनको म्याराथुन बोलाई गिनिश बूक रेकर्डलायक थियो ।

माङगेना ढल्यो नेपाली कन्सर्टले
याक्थुङ मेलामा कुनै याक्थुङ समुदायको मौलिक कार्यक्रम नभएर एउटा ‘महा नेपाली सांगीतिक समारोह’ कन्सर्टको रुप धारणा गरिदियो । चारैतिर काण्डैकाण्ड मचाए पनि राजेशपायल राई एक ‘हेबि वेट’ नेपाली गायक हुन् । राजेशको कन्सर्ट राख्नु बेठीक होइन तर यस्ता कार्यक्रम फरक समय र अवसर मिलाएर गर्नुपर्ने हुन्छ । सही भिजन नभएर वा मुठीभर व्यक्तिहरुको स्वार्थकै कारण सारा युकेवासी याक्थुङहरुको माङगेना ढलेको छ ।

सिसेक्पा तङनामको समीक्षा गर्न मैले जानकारी लिएका सयौंमा १ जनाले पनि राजेशको उस्थितिमा रुचाएनन् । राजेश ल्याउनमा केन्द्रीय पदाधिकारीसमेत असन्तुष्ट रहेको एकजनाले आफै फोन गरेर दुखेसो पोखे । राजेशलाई नल्याउनु भनेको कदापि होइन तर स्थपना भएको २ दशकभन्दा धेरै हुँदासमेत संस्थाले एउटा पनि याक्थुङ कलाकार ल्याएन, प्रयासम्म गरेन । यासेली योङहाङ, मनु नेम्बाङ, दिलिप फुरुम्बो, गंगा फियाक, ब्रबीन शेर्मा, यादेन शेर्मा, सुनिता लाबुङ, सुमन लिम्बू, निरन्ता नेम्वाङ दर्जनौं-दर्जन राम्रा याक्थुङ संस्कृतिका कलाकार हुँदाहुँदै गैर याक्थुङ गायक ल्याएकोमा एकजना लिम्बू पनि खुशी थिएनन् ।

काठमाडौं अनामनगरस्थित अध्यक्ष नरबीर आङबोको निवासमा गायक राजेशको स्टूडियो हुनु नै राजेश प्रबेशको प्रमुख कारण हुनु गएको स्रोत विस्तारै खुल्दै छन् यो सिधै व्यावसायिक स्वार्थका विषय जोडिन्छ । अध्यक्षले महँगो कलाकारकै कारण प्रवेश शुल्क वृद्धि गर्नुपर्ने एक केन्द्रीय सदस्यले ओकेले ।

सधैं सिसेक्पा तङनाम महिनौंअघि प्रमुख आकर्षणहरुको पोष्टर बनाएर अध्यक्ष आफै प्रचारप्रसार गर्थे । यसपाली आम चुम्लुङगेहरुको भावनाविपरीत गैर याक्थुङ कलाकारलाई ल्याउने भएपछि सबै गुपचुप । तीव्र विरोध हुनु थालेपछि आफ्नो कमजोरी ढाकछोप गर्न हतारमा सुनिता थेगिमसहित पोष्टर छापियो । कार्यक्रममा सुनिताको अनुहार नदेखिएपछि नेतृत्वको सक्कली अनुहार उदांगियो ।

राजेशलाई ५ देखि १५ हजार पाउण्डसम्म बुझाइएको हल्ला छ । कति पैसा बुझाइयो विस्तारै सार्वजानिक होला । र, हुनु पर्छ ।

स्याल र बकुला कथाका पात्र भए याक्थुङ स्रष्टाहरु
याक्थुङ पालामी जगतमा एकछत्र राज गरेकी मनु नेम्बाङलाई युके चुम्लुङले सिसेक्पा तङनाममा पठाएको निमन्त्रणा पत्र बकुलाले आफ्ना प्रिय मित स्याललाई घरमा बोलाएर लामो घाँटी भएको घैंटोमा खान दिएको कथा सावित भयो । आफ्नो पो लामो घाँटी हुन्छ र घैंटोमा मुण्टो हालेर सहजै खान्छ तर मित पाहुना स्यालले भात नखाओस् भनेरै बकुलाले जानाजान अपमान गरे ।

यो पत्र मनुप्रति निर्लज्जाताको पराकाष्ठा थियो । आफै भिसा, आतेजाते अतिरिक्त खर्च ?? चुम्लुङले उपेक्षा गरिएकी मनु नेम्बाङ पहिले आफ्नै प्रयासमा युके आउँदा स्टेजमा संकलित १००० पाउण्ड चुम्लुङलाई दान दिएकी थिइन् तर बदलामा यतिका अपमान ??

फीलिङ्स बिनाको याक्थुङ भेला
विश्वासदीप तिगेलाले यसपालीको सिसेक्पा तङनाममा याक्थुङ फिलिङ्स पाएनन् । एउटा मान्छेले लगातार दर्जनभन्दा धेरै गीत गाएर जबरजस्ति नेपाली कन्सर्टको फिलिङस दिलाई । ४०० भन्दा धेरै अथितिलाई आसन ग्रहणको लागि आह्वान गरियो । अथितिमा नाम बोलाइएका ९९ प्रतिशत याक्थुङ थिए । धेरैको विचारमा याक्थुङको कार्यक्रममा याक्थुङ अथिति राख्नु व्यवाहरिक होइन । चुम्लुङका सल्लाहकार, संरक्षक सदस्यहरुलाई आशनग्रहण गर्नुभन्दा बरु अन्य संघसंस्थाका आमन्त्रित पाहुनाहरुलाई स्वागत रेखदेख गर्नुपर्ने थियो ।

करिब करिब चुम्लुङ स्थापना भएदेखि संधै सल्लाहकारको ब्याजमा मञ्चमा आसनग्रहण गर्दै फ्रि खानेहरुको संख्या निकै ठूलो छ । तिनीहरु नै आफन्तलाई पाहुना बनाएर संस्थालाई निरन्तर आर्थिक भार थपिरहेका छन् । पाहुना सत्कार गर्नुपर्ने याक्थुङ संस्कार हो । तर यहाँ आफै पाहुना हुने अनि आफन्तलाई समेत पाहुना बनाएर फ्रिमा खाने परम्परा बसेको छ ।

जताततै ब्याज खादा लाउनेहरुको पल्टन मात्र भएकोले पदको मर्यादा र महत्व भएन । अध्यक्ष, प्रमुख अथिति, विशेष अथिति, सल्लाहकार, आमन्त्रित अतिथिहरुले मात्र ब्याज लाएको भए राम्रो हुने थियो ।

शैली र काइदा
हरदम राजेशको चाकरीमा लागेका महासचिवको हर्कते काइदा आफ्नो पदको मर्यादा नसुहाउने घिनलाग्दो शैली देखिन्थ्यो ।

कमै व्यापारीलाई मात्र स्टल दिएकाले खानपान महँगो भएको गुनासा आए । जति धेरै स्टल राख्यो प्रतिस्पर्धा हुने भएकाले सस्तो र सहज हुने थियो । यो वर्ष आर्टिस् अफ द इयर्स दोहोर्‍याएर प्रदान गरियो । अनुभवी कलाकारलाई पटक-पकट सम्मान गर्नु राम्रै हो तर सिक्दै गरेका नयाँलाई प्रोत्साहन गर्ने नेतृत्वसँग योजना छैन । चुम्लुङसँग पहिले कोको सम्मान भए/भएनन् अभिलेख नभएकै कारण यस्तो भएको हो ।

केलाङ यालाङ प्रतियोगितामा विषय जान्नेलाई निर्णायक मण्डलमा राखेको राम्रो हुनेथियो । अन्ततः नेपाली म्युजिकमा उफ्रेका एउटा अमुक टिमलाई यालाङ विजय घोषणा गरिएको टिप्पणी आएका छन् । याक्थुङ संस्कार संस्कृति अभियानमा लागेका, जान्ने वा सिक्न खोज्ने कलाकार सांस्कृतिक कार्यक्रममा प्राथमिकता दिनु पर्थ्यो । भएन । त्यो दिन पालाम, हाक्पारे, ख्यालीमय हुनुपर्ने तर एकजनाले दिनभर दुँनियाको दिमाग भुटिदियो ।

दिनको अन्त्यमा केलाङ यालाङ कोक्टेल हुनु पर्नेमा नेपाली, हिन्दी र अङ्ग्रेजी गीत भएकोमा सल्लाहकार नै खुशी थिएनन् । मान्छे बस्ने टेण्ट व्यापारीको स्टल लेआउट लथालिङ्ग थिए । स्टलहरु आउट्लेटजस्तो एक गोलाईमा अरु टेण्टभन्दा बाहिर व्यवस्था गरिएका भए घुम्दा कुनै मिस हुने थिएनन् । चर्पी सरसफाईको अभावमा थियो ।

मूल सडकदेखि चुम्लुङदेन प्रबेश जाने मार्गको सुरुदेखि नै कुनै रोड डाइरेक्सन साइन ब्यवस्था नभएकाले साघुँरो बाटोमा थुप्रै गाडीहरु अलमलिएर समस्या आयो । मावाईल फोन नेटवर्क, वाईफाईजस्ता समस्या समाधानका विकल्प खोज्नपर्ने देखियो ।

केरमेट कपि पेष्ट
युके चुम्लुङका पूर्वअध्यक्ष डम्बर सिंघककाअनुसार यो वर्षको भेला पहिलेकै कपि पेस्ट गरिए पनि अझ केरमेटसमेत हुनु सुखद् नभएको विचार राखे । उनको विचारमा याक्थुङ सांस्कृतिक कार्यक्रमहरुको गुणस्तर खच्किँदै गएको र सहभागिता पनि दयनीय अवस्था रहेको पहिले यालाङ ६, ७ र केलाङ ९, १० समूह हुन्थ्यो र यसपाली यसको आधा पनि नभएकाले पृष्टि गरेको तथ्य राखे । अहिलेको नेतृत्वले याक्थुङ चुम्लुङको उद्देश्यअनुसार काम गर्न नसकेको र पहिलेभन्दा झन् कमजोर हुँदै गएको विचार सिंघकको छ ।

लामो समयदेखि युके चुम्लुङमा बिभिन्न पदमा रहेर काम गरेका नर थाम्सुहाङ यसपालीको सिसेक्पा तङनाम औसत रहेको बुझाइ छ । साथीहरु काममा चाहिँ साह्रै खटिन्छन् तर क्वालिटी बिनाको थाम्सुहाङको अन्तिम निष्कर्ष ।

युके आउने संख्या दिनदिनै वृद्धि भए पनि यसपाली गएको सालभन्दा कम उपस्थिति किन भयो भनेर नेतृत्वले गम्भीर समीक्षा गर्नै पर्छ । गुणस्तर खस्किन्न र सहभागिता घट्नुमा नेतृत्वसँग सही दृष्टिकोण र सोचको अभाव पहिलो कारण हो । अरु पनि होलान् विस्तारै खुल्दै जान्छन् ।

याक्थुङ संस्कृति चेतको खडेरी
समग्रमा वर्तमान नेतृत्वसँग आधारभूत याक्थुङ चेतको ठूलै खडेरी छ । यसैको परिणाम यस वर्षको भेला गैर याक्थुङले आयोजना गरेको कन्सर्टजस्तै थियो । नेतृत्वसँग ‘मैले सबै बुझेको जानेको छु’ भन्ने ठूलो भ्रम छ । बुझेको/जानेको छु भन्नु र बुझ्नु/जान्नु फरक वियष हुन् । किनकि परिणामले देखाएन । सिसेक्पा तङनाम भेला याक्थुङ माटोको सगुन्ध आउने याक्थुङ उन्मुख र याक्थुङमय हुनुपर्ने । पटक्कै भएन ।

यो कार्यसमितले संचालन गरेको एउटा सिसेक्पा तङनाम हावाहुण्डरीले दु:ख दियो, यो वर्ष दर्के पानीले । कार्यक्रम सकेको केही दिनमा साढे ४ हजार पाउण्डको फलामे गेट चोरी भयो । नेतृत्वसँग सही दृष्टि, योजना र असल नियत छैन भने प्रकृतिले पनि दु:ख दिदोरहेछ ।

गणेशको चित्र बनाउँदा कसरी हनुमानको भयो भनेर सारा संस्कृतिप्रेमी याक्थुङहरु गम्भीर हुनैपर्छ । एक दुईजनाको नालायकीले सारा याक्थुङहरुको माङगेना ढलेको छ । ढलेको माङगेना उठाएर चोत्लुङ पुर्‍याउने जिम्मा सबैको हो ।

आफ्नै परिवार भित्रका सदस्यले संस्थाको हितको लागि प्रश्न उठाउँदा तेरो २०० रुपैयाँ लिएर चुम्लुङ छोड भन्ने नालायक जुरेन्द्र प्रवृत्तिको सशक्त प्रतिरोध हुनैपर्छ । आफूमाथि उठेका प्रश्नको सामना गर्न नसक्ने हुतिहाराले कि त यो यो बुँदाहरु गलत भन भन्नु सक्नु पर्‍यो ।

असल नियतका लागि सम्प्रेषित टिप्पणीका सकारात्मक पक्ष ग्रहण गर्नेहरुलाई सुध्रिने सुविधा र अवसर दुबै छन् । यद्यपि यो नेतृत्व आजसम्म चुम्लुङ उद्देश्यअनुरुप चलेको रेकर्ड छैन । र आशा गर्न सकिन्न ।

‘लेखको निजी विचार हो ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!