पुन मगर समाज युकेद्वारा भूमेपूजा २०२६ को तयारीका लागि समन्वय बैठक सम्पन्न

SHARE:

फार्नबोरो, बेलायत। पुन मगर समाज युकेको पाँचौँ कार्यसमितिको पहिलो बैठक तथा आसन्न ‘भूमेपूजा २०२६’ को तयारी समन्वय बैठक आइतवार ०३ मे २०२६ को दिन बेलायतको फानबोरोस्थित मगर भवनमा भव्यताका साथ सम्पन्न भएको छ। भुमेपूजा २०२६ आगामी सनिवार २७ जुन २०२६ का दिन Cody Bowman sport and Social club Farnborough मा हुने भएको छ।

बैठकमा आगामी भूमेपूजा २०२६ लाई सभ्य र भव्य रूपमा सफल पार्न विभिन्न योजनाहरूमाथि व्यापक छलफल गरिएको थियो। विगतका वर्षहरूमा भएका कमीकमजोरीहरूलाई सच्याउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यसमिति सदस्यहरूबीच विभिन्न कार्य र जिम्मेवारीको बाँडफाँड समेत गरियो।

नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक भएकाले कार्यक्रमको सुरुमा सदस्यहरूले एकापसमा परिचय आदानप्रदान गरेका थिए। सोही अवसरमा समाजका अध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरले नवनोनीत सल्लाहकारहरूलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभयो।

साथै, हालसालै विद्यावारिधि (PhD) उपाधि प्राप्त गर्नुभएका पुन मगर समाजका सल्लाहकार एवं एभरेष्ट टाइम्स युकेका सम्पादक डा. दूत पुन मगर (चिम्खोले काइँला) लाई अध्यक्ष तिलिजाले समाजको तर्फबाट विशेष बधाई दिनुभयो। डा. पुनले पनि एभरेष्ट टाइम्स युकेको तर्फवाट अध्यक्ष तिलिजा मगर लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई दिदै मायाको चिनो प्रदान गर्दै हार्दिक आभार प्रकट गर्नुभयो।

अध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा महिला उपाध्यक्ष छबि माया पुन मगरले  उपस्थित सम्पूर्ण कार्यसमिति र सल्लाहकारहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने सचिब धन बहादुर पुर्जा पुन मगरले बैठक संचालन गर्नु भएको थियो ।बैठकमा निवर्तमान सचिब तथा वर्तमान अध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरले नवनिर्वाचित सचिब धन बहादुर पुर्जा पुन मगरलाई कार्यलयका कागजपत्रहरु हस्तान्तरण गर्नुभएको छ ।

बैठकमा संस्थापक अध्यक्ष एवं सल्लाहकार बिल पुर्जा पुन मगर, पूर्व अध्यक्ष एवं सल्लाहकार तेज राम्जाली पुन मगर, सल्लाहकारहरू क्याप्टेन कृष्ण बहादुर पुन मगर र डा. दूत पुन लगायत कार्यसमितिका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकको अन्त्यमा अध्यक्ष तिलिजाले महत्वपूर्ण सुझाव र उपस्थितिका लागि सबैलाई हार्दिक धन्यवाद दिँदै बैठक समापन गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!