मामा-भान्जीको पल्टने नाता

SHARE:

मामा-भान्जीको पल्टने नाता

बेलायत – कृष्ण कुमार हेम्ब्याको फेसबुक वालबाट साभार ।

गोर्खा पल्टनमा लाहुरेका छोरा छोरीले लाहुरे लाहुरेनीलाई ‘मामा माईजु’ र लाहुरे लाहुरेनीलाई अरु बच्चालाई ‘भाञ्जा भाञ्जी’ भन्ने चलन छ । कसैले पल्टनमा जन्मेका बच्चाहरुलाई ‘लाईन छोकड़ा/छोकड़ी’ र सन्डेपनि भन्छन ।

आदिम साम्यबादी युगमा मान्छेहरुको साइनो, सम्बन्ध माटो ढुंगा, खोलानाला, हावापानी, बनजंगल प्रकृतिसंग हुन्थ्यो । दास युग भन्दाअघि हामी कसैका बाबु थिएनन । आमाहरु चहि हुन्थे । बाबु नभएपछि, तुम्बा, काका, काकी, फुपु, मामा, भान्जाभान्जी, सासुसुरा, सालोसाली आदि परिवारिक साइनो हुने भएन । मान्छेहरु खेतिपाती गर्न थालेपछि उत्पादन शक्तिले नीजि सम्पति र नीजि परिवारको अवधारणासंगै समाज दास युगमा प्रबेस गर्यो । अतिरिक्त सम्पति कब्जा गर्न पुरषले निश्चित महिलासंग यौन सम्पर्कनै बिवाह प्रचलनको प्रस्थान बिन्दु थियो । विस्तारै सामाजमा लोग्नेस्वास्नी, छोराछोरी, काका, फुपु आदि परिवारिक नाता, साइनो, सम्बन्ध विकास भए । चीनको युनान र सिचुवान क्षेत्रका मसाउ Mosuo समुदायमा अझै नीजि श्रीमान श्रीमती छोरा छोरी हुदैन । उनिहरु आदिम साम्यबादी युगझै वकिङ म्यरिज Walking marriage अभयासमा छन ।

समाज विकासको क्रमलाई हेर्दा काकाकाकी, दाजुबहिनी, सासुससुरा, मामा माइजु, सालोसालोजस्ता प्रचलित नाता, साइनो सम्बन्ध बाबु वा आमाबाट जोडिन्छन । याक्थुङ समुदायमा नयाँ मान्छेसंग पहिलोपटक भेट हुंदा लुङवा भनेर सम्बोधन गरिन्छ । र, साइनो केलाएपछि साइनो लागे सोहीअनुसार र नलागे लुङवा र उमेरमा धेरै फरक परे युमा थेवा भनिन्छ । हाम्रोतिर गैर लिम्बूहरु बाटोमा भेटेका साइनो नलाग्नेलाई दाजुभाई दिदी वा बाजे भनेरै सम्बोधन गरिन्छन । आजकाल अंकल आन्टीले प्रबेस पाएको छ ।

परम्परागत नेपाली समाजको विद्यमान मान्यता विपरित गोर्खा पल्टनमा आमाबाबु कतै नजोडिएका एक समुदायका लाहुरे लाहुरेनीलाई अर्को समुदायका छोरीछोरीले मामामाइजु भन्नै पर्ने । राई पल्टनेको छोराछोरीले गुरुङ, लिम्बू, क्षेत्री, मगर जोसुकै लाहुरेलाई मामा भन्नैपर्ने । आर्मीको काँडेतार भत्काएर मामा भान्जाको हावा बाहिर फैलि सकेको अवस्था छ । हङकङ आइडीमा जाने लाहुरे छोराछोरी वा ६० वर्षका नकली आइडीले आफूभन्दा कम ४० वर्षका भूपू लाहुरेलाई मामा भन्नैपर्ने । यसको हावा अहिले यूकेमा आइसकेको मानिन्छ ।

पल्टने मामा भान्जाको बीउ मगर गुरुङ समुदायको ‘फुपु चेला मामा चेला’ संस्कृतिबाट फैलिएकोमा शन्देह छैन । र, यसको उद्गमस्थल नेपाल नभएर बिदेशी माटो भारत थियो । पूर्वका राई लिम्बूलगायत लाहुरे समुदाय सबैले यो संस्कृतिलाई निरन्तरता दिइ रहेका छन ।
गोर्खा पल्टन सन १८१६ तिरै सुरु भयो । गोर्खा सेनालाई परिवारसँग बस्न पूरै वञ्चित गरिन्थ्यो । सिपाहीहरु स्वास्नीसंग बस्न नपाई यौन आशक्तिले पल्टनबाट भाग्थे । भारतमा गोर्खा पल्टन हुँदै अत्यिधिक सिपाहीहरू Venereal Disease (VD) यौन रोगका कारण कार्य दक्षतामा असर पर्न थालेपछि मात्र गोर्खा सेनालाई सपरिवार बस्ने पाउने व्यवस्था गर्न वाध्य भए अंग्रेज अधिकृतहरु ।

पुरानो पल्टन शिरमोर रेजिमेन्टको स्थायी बसोवास देहरादुन गोर्खा सेना परिवारका लागि आवास शिरमोर लाईन्स ‘फेमिली लाईन’निर्माण गरियो (स्मरण रहोस पोखराको रानीपौवा सेतीखोला किनारको एउटा गल्लीको नाम शिरमूर लाइन छ)। फेमेली लाइनमा जन्मे हुर्केका बालबच्चाहरू शिक्षाको अवसर पाएका हुनाले उनीहरू लडाकु सिपाहीरुपमा नभई क्लरक, वाजा वजाउने ‘ब्यान्डसमेन’ र अन्य प्रशासनिक विभागका लागि भर्ती गरिन्थे । किनकि उहिले पढेका मान्छे युद्दमा नालायक ठानिन्थे ।

पल्टनमा लाहुरेका छोरा छोरीले लाहुरे लाहुरेनीलाई मामा माईजु र लाहुरे लाहुरेनीलाई अरु बच्चालाई भाञ्जा भाञ्जी भन्ने परम्परा त्येही शिरमोर लाईनबाट सुरु भयो । शिरमोर लाइनमा निश्चयनै अत्यधिक वास्तविक मामा भाञ्जाहरू थिएनै । अझ फुपु चेला मामा चेला सोलीडोली चल्ने गुरुङ मगर समुदायको बस्ती पूरै मामा भान्जाभान्जी बन्दै गयो ।

बिस्तारै फेमेली लाइनमा जन्मेका बच्चाहरु साइँनो नपरेपनि लाहुरेलाहुरेनी सबैलाई मामा माइजु भन्नुपर्ने नयाँ साइनो शास्त्रको विकास भयो ।
पूर्वेली पल्टन धेरैपछि (बीर सम्शेरको पालामा १८८५) तिर स्थपना भएपनि त्येसको प्रभाव पछि पूर्वेली पल्टनहरूमा सर्दै गयो । यो बाबु आमाबाट आउने प्रचलित नाता सम्बन्ध नभई पल्टने साईनो थियो । अर्थात पल्टन घरभित्र जन्मिएको एउटा नयाँ संस्कृति ।

लाहुरेका छोराछोरीलाई आइतबारेपनि भनिन्छ । यसको अर्कै कथा छ । कथाभन्दा गहिरो व्यथा। नेपाली कांग्रेसमा नेताका स्वास्नीलाइृ भाउजू भनेझै लाहुरे समुदायमा जतिसुकै कान्छी भएपनि आफूभन्दा सिनियरका स्वास्नीलाई दिदी भन्नै पर्ने । अफिसर परिवारबीच चाहि एकअर्काका बच्चाले मामामाइजुको सट्टामा बडाबडी भन्ने दरबारिया चलन छ ।

अंग्रेज र गोर्खा अफिसरलाई तल्ला दर्जाकाले साप र अंग्रेज अधिकृतकी श्रीमतीलाई मेम साहेव भनिन्छ । तल्ला दर्जाभित्र जुनियारले सिनियरलाई गुरुजी वा ओस्तात भनेर सम्बोधन गर्छन । वारेन्ट अफिरहरुलाई आरएसएम बा, सिएसएम बा, पनि भनिन्छ ।

पल्टने मामा भान्जाभान्जी आमा बाबुको साइनोसंग नजोडिएकै कारण पल्टनमा मामा भान्जीको रोमाण्टि कथाहरु बनेका छन । अनेकांै घटना घटे । कति बिवाहपनि भयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!