अमेरिकाबाट दुई नेपाली ‘रियालिटी शो’ घोषणा, बेलायतमा पनि अडिसन

SHARE:

न्युयोर्क १ सेप्टेम्बर २०२४ । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।

एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका वरिष्ठ कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको साङ्गीतिक समारोहमा आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् । प्रतियोगिताको अडिसनका लागि विश्वका विभिन्न मुलुकमा स्थलगत अडिसन तय गरिएका छन् । नेपालभित्र र संसारका जुनसुकै ठाउँमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास राख्ने नेपालीभाषी समुदायका लागि रियालिटी शो आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए । ‘रियालिटी शो’ का लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, मध्यपूर्वका लागि दुबई, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिक्किम र नेपालमा दमक, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिने उनले बताए ।

“भ्वाइसका लागि यसरी छनोट भएका एक सय २० र डान्सका लागि एक सय २० गरी दुई सय ४० कलाकारलाई अन्तिम प्रतिस्पर्धीका लागि काठमाडौँ लगिनेछ । ‘रियालिटी शो’ का विजेतालाई रु एक करोड, दोस्रो हुनेलाई रु २५ लाख र तेस्रोलाई रु १० लाख पुरस्कार प्रदान गरिने छ”, उनले भने ।

‘रियालिटी शो’दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, नायक दिलीप रायमाझी, गायिकाहरू अञ्जु पन्त, मिलन नेवार, सुजाता वर्मा, गायकहरू यम बराल, केशव पौडेल, खेम सेन्चुरी, मन आले, प्रवीण बर्देवा, बाल गायिका अनुया तामाङ, नृत्य निर्देशक शङ्कर बिसी र पार्वती राई, नृत्य प्रशिक्षक रुपेश उप्रेती, विकास घले एवं इन्टाको डान्स स्कूल अमेरिकाका किशोर–किशोरी कलाकारहरूले आ–आफ्नो प्रस्तुति तथा विचार व्यक्त गरेका थिए । यी दुई ‘रियालिटी शो’ को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!