बेलायतमा तीज धमाका-२०२४ सम्पन्न, दुई दर्जन कलाकारको एकै मञ्चमा प्रस्तुति

SHARE:


लन्डन ७ सेप्टेम्बर २०२४ । बेलायतमा नेपालबाट आएका दुई दर्जन कलाकारको प्रस्तुतिसहित तीज धमाका-२०२४ सम्पन्न भएको छ ।

भक्त दर्जी नेतृत्वको सिर्जनशील नेपाली समाज युके, लक्ष्मी राई सञ्चालक रहेको न्यू लक्ष्मी ज्वेलर्स, पुरन गिरी सञ्चालक रहेको एम्पायर बैंक्वेटिङ एन्ड हल र एनएफडीएसएएन कमिटी युकेसहित ४ वटा संस्थाको आयोजनामा शुक्रबार ६ सेप्टेम्बरमा तीज धमाका भएको हो । कार्यक्रममा नेपालबाट बेलायत आएका र यहाँ रहेका चर्चित लोक तथा दोहोरी गायिका, मोडल तथा डान्सरहरुले जोडदार प्रस्तुति दिए । उनीहरुले तीजसम्बन्धी विषयवस्तुमा एकल र दोहोरी गाएका थिए । उपस्थित दर्शकहरु निकै रमाइलो मानेर नाचगान गरेका थिए ।

अल्डसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा मनमाया वाइबा, सबिना गुरुङ, टीका सानु, उषा गुरुङ, सपना गाहामगर, कला लम्साल, रेजिना परियार, गायकहरु रविन लामिछाने, राजु ढकाल, सुमन परियारलगायत उपस्थित थिए । हिन्दु नेपालीहरुले मनाउने तीज पर्व यस वर्ष भदौ २१ अर्थात् सेप्टेम्बर ६ तारिखमा बेलायत, नेपालसहित विश्वभर मनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!