एकदिने मगर कला, तथा चलचित्रकर्मीहरुको भेला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

SHARE:

संजय सिङजाली मगर
मगर चलचित्र संघको आयोजनमा भेटघाट तथा समिक्षा कार्यक्रम नेपाल मगर संघ केन्द्रिय समितिको प्राङ्गणमा सम्पन्न भएको छ । बिगत , बर्तमान र भबिष्य हुने चलचित्र भित्रका गतिबिधीलाई नियालेर चौथो महाधिबेशनको पुर्व सन्ध्यामा कार्यक्रम आयोजन गरिएको हो।
बिशेष गरि अहिेले बजारमा मगर विषय वस्तुको फिल्म, नाटक र साहित्यको जस्ता मगर विषयवस्तुमा आधारित फिल्म, साहित्य र नाटकको स्थिति सुखद यात्रा गरिरहेको छ । घरज्वाईले ५१ दिन मनाइसक्दा, खुश्मा प्रर्दशनको तयार छ, दिलसरा सामुदायिक हलहरुमा प्रदर्शन भइरहेको छ, नाटक सोरठीले दर्शकको न्यानो माया पाइरहेको अवस्थामा, नविन घर्तिमगरले भर्खर सर्वोत्तम म्युजिक भिडियो सम्पादक अवार्ड प्राप्त गर्नुभएको छ । यस्तै साहित्यमा पनि मदन पुरस्कार छनोटमा भावेश भूमरीजीको भावलिपि उत्कृष्ट पाँचमा छनोट भएको थियो । यसरी मगर चलचित्र संघलाई अझै अध्ययन, अनुसन्धान र मेहनत प्रशस्त गर्नुपर्ने जिम्मेवारी थपिएको अवस्था छ । मगर चलचित्रकर्मी संघ र मगर चलचित्रकर्मीहरु ले अझै संगठित भएर योगदान दिनुको बिकल्प छैन । मगर भित्रका बौद्धिक सृष्टाहरु को प्रगति र चुनौति बारे बिशेष चर्चा र उनीहरु प्राप्त गरेको सफलतालाई सकरात्मक बहस गरिएको थियो ।
सो कार्यक्रममा मगर चलचित्र संघका संस्थापक अध्यक्ष यूवराज मास्की, संस्थापक सचिव प्रतिमाया पुन र बर्तमान अध्यक्ष भिम राना मगरको मुख्य भूमिका रहेको थियो । त्यस्तै गरि मगर कलाकारकर्मीहरुमा घरज्वाईका लेखक निर्देशक अनिल बुढा मगर, बुध्या मगर, पत्रकार श्याम राना मगर, उपाध्यक्ष बिश्वास मगरलगायत अन्य कलाकारकर्मीहरु उपस्थित हुनुहुन्थ्यो ।
यस औपचारीक कार्यक्रम संघको अध्यक्ष भिम राना मगरको अध्यक्षतामा भएको थियो भने सञ्चालन पत्रकार श्याम राना मगर र समापन संघका उपाध्यक्ष बिश्वास मगरले गर्नु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!