काठमाडौँ ८ सेप्टेम्बर २०२४ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले ताज पहिरिएकी हुन् ।
पोखराको होटल ग्रान्डमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुन मगर सेकेन्ड रनरअप घोषित भए । थर्ड रनरअप रश्मी आले मगर तथा भ्युअर च्वाइस अवार्ड माया दर्लामी मगरले जिते ।
एसटी क्रिएसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलगायतको सहभागिता थियो । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गरेका थिए ।






