इन्फा यूके अवार्ड कार्यक्रमका लागि भुवन केसी, मिरुना मगर लगायत कलाकार बेलायतमा

SHARE:

लन्डन ११ सेप्टेम्बर २०२४ । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमा हुने यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) का लागि भुवन केसी, मिरुनामगरलगायत कलाकार बेलायत आएका छन् ।

पुरानो नेपाली संस्था यति एसोसिएसन युकेको निमन्त्रणामा नेपाली सिनेजगतका सुप्परस्टार भूवन केसी, अहिलेका चर्चित नायिका मिरूना मगर, नायक अनमोल केसी, कलाकार जसिता गुरूङ बुधबार हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । कलाकारहरुलाई आयोजकहरुले स्वागत गरेका थिए ।

यति नेपाली एसोसिएसन युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा ग्रीनफोर्ड हलमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुनेछ । प्रवेश शूल्क साधारण ४०, भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड निर्धारण गरिएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ । जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् ।

अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!