गुरुङ फिल्म एशोसियसन नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा राजबहादुर

SHARE:


कास्की १५ सेप्टेम्बर २०२४ । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को अध्यक्षमा चलचित्र निर्देशक राजबहादुर गुरुङ (राजेश) सर्वसम्मत निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश राजधानी पोखरामा शनिबार १४ सेप्टेम्बर २०२४ मा सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा आठौं राष्ट्रिय अधिवेशनले नयाँ कार्य समिति निर्वाचित गरेको हो । नयाँ कार्य समितिको कार्यकाल २ वर्षको रहनेछ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा अर्जुन गुरुङ, द्वितीय उपाध्यक्षमा कुविना गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ (लवशन), सचिव टेकमान गुरुङ र कोषाध्यक्षमा इन्द्रमाया गुरुङ सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनबाट महिला विभाग प्रमुखमा सपना गुरुङ, प्राविधिक विभाग प्रमुखमा राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुखमा खेम गुरुङ, प्रचार प्रसार विभाग प्रमुखमा रक्षा गुरुङ सर्वसम्मत भएका छन् ।

सदस्यहरुमा टेकबहादुर गुरुङ, भुपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशिष गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नवीन गुरुङ, पिटर गुरुङ, तारजङ गुरुङ (टार्जन), केशबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, अञ्जु गुरुङ सर्वसम्मत निर्वाचित भएको तमु धिं नेपालका अध्यक्ष तथा निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङले बताए । निर्वाचन समितिमा दुर्गाबहादुर गुरुङ (मिलन), कृष्णकुमार गुरुङ र माओत्सेतुङ गुरुङ थिए ।

नवनिर्वाचित अध्यक्ष राजबहादुर गुरुङ (राजेश) ले गुरुङ फिल्मकर्मीको साझा संस्था गुरुङ फिल्म एशोसिएसन (नेपाल) नेपाललाई नयाँ उचाईमा लैजाने र सवैको साथ सहयोगबाट अघि बढ्ने प्रतिबद्धता जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!