कोष अभिबृद्धि गर्ने लक्ष्यका साथ खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न

SHARE:

 

संजय सिंजाली मगर – नेपाल

भाषालिपी, कला र संस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मूल नारा रहेको यस कार्यक्रम, नेपाल मगर साँस्कृतिक बिशेष उपत्यका समन्वय समिति, काठमाडौं द्धारा भव्य रुपमा सिजि बानकोवट् मा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथीमा सम्माननिय पुर्व उपराष्ट्रपती नन्द किशोर पुन ( पासाङ ) ले मगरहरु संस्कृतिकमा धनी रहेको बताउँनु भयो । मगर भित्रका संस्कारहरु प्राचिन रुपमा धनी छ, यसको जोर्गन र पुस्ताहस्तान्तरण गर्दै अघि बढ्न सुझाब दिनुभयो । यस्ता खाले संस्कार संस्कृति अन्य कुनै देशमा पाउँन नसकिने तर नेपालको जातिय विविधता भित्र लोभ लाग्दो मौलिक संस्कारहरु पाउँन सकिने कुरा जोड थियो । बिशेष गरि यो मौलिक कौराह मगर र गुरुङ समुदायको प्रचलित संस्कृति भएकाले यो नाँच गण्डकी प्रदेश भित्र र वरपरका क्षेत्रमा नाच्ने अनि नचाउँन गरेको र संरक्षण रहने गरेको पनि बताउँनुभयो ।

बिशेष गरि संस्थाको कोष अभिबृद्धि गर्ने लक्ष्यका साथ अनि मगरको संस्कार संस्कृतिलाई जिवन्त राख्ने मूल उद्येश्य सहित खुल्ला मौलिक कौराह ( कानराहा ) नृत्य प्रतियोगिता आयोजन गरिएको थियो । खुल्ला मौलिक कौराह नृत्य प्रतियोगितामा मौलिक कौराह गीत, मारूनी नृत्य, झ्याउरे, पैसारू, टप्पा, डिकुरे नृत्य, भूम्या नाच, लोक दोहोरी गीत प्रस्तुती थिए । जसमा १२ वटा टिम मध्ये पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान क्रमश : मगर भेजा समाज नेपाल, मगर संघ तनहु सम्पर्क समिति काठमाडौं, मानसिङ धर्म सेकेन्डरि स्कुल, बेल्मन्ट ईन्टरनेसनल स्कुलले हासिल गर्न सफल रहयो भने औपचारिक खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता बिजेत समूहलाई पचास हजार, पैतिस हजार, पच्चीस हजार र पन्ध्र हजार पुरस्कार राशी प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य आकर्षको रुपमा गायक श्याम राना मगर र नायक धिराज मगर रहे । जसमा गायक श्याम राना मगरले गित मार्फत उपस्थितीहरु लाई हसाउँन, नचाउँन र झुम्याउँने सफल ठहरिए भने चलचित्र खुसुमाका नायक धिराज मगरले रुकुम मैकोट बोलको गितमा नाच्ने र नचाउँने काम गरे । हाल प्रर्दशन हुन लागेका खुसुमाका नायक धिराज मगरले कार्यक्रममा बोल्दै खुसुमा चलचित्र असोज ३ बाट देशभरको सिनेहलमा लाग्ने बताए । साथै खुसुमा मगर समुदायको संस्कार संस्कृतिलाई झल्काउँन खालको रहेको हुँदा मगरहरु छुटाउँन नहुने र मगरको मौलिकतालाई नजिक देखि नियाल्न हल सम्म पुगेर चलचित्र हेरर आनन्द लिन आग्रह समेत गरे । त्यस्तै गरि गायक श्याम राना मगर उक्त कार्यक्रममा भेषभुषा बाट सम्मानित समेत भए ।

यस कार्यक्रम संघका अध्यक्ष अमर रोका मगरको अध्यक्षतामा कार्यक्रम सञ्चालन महासचिव केसु पुन मगरले गर्नु भएको थियो भने उद्घाटनसत्र प्रथम उपाध्यक्ष सुदिप सिंजाली मगर द्धारा भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!