घले राजाको इतिहास “ कालो दिन”

SHARE:

धन घले – बेलायत

रातो, कालो र सेतो टीका बारे! बाइसे तेइसे राज्यको पालामा घले जातिको राजाहरु अहिलेको गण्डक प्रदेशमा अति शक्तिशाली थिए। तर शाहहरुले अन्य जातिको सहयोगबाट (बिषेस गरेर गुरुङ जाति र मगर जातिलाई) नेपालको एकीकरण गरी घले जातिले राज्य गरेको ठाउँहरू सबै नष्ट गरे। भाषा, संस्कार, धर्म, रीति-रिवाज र ईतिहास जस्ता कुरालाई नष्ट पारी नेपालकै इतिहासमा जित्नेको मात्र इतिहास रचना गरी श्री गणेश गराए ।

लमजुंगमा राजा खाचो परेर शाहको उदय भयो भनेर झुटा कुरा सुनायो र ईतिहास लेखन लगाईयो। हालको भारतमा पर्ने चित्तौडका सिसौडिया राजपूत (चन्द्र वंशी) ऋषिराज रानाजीको तेतिसौँ पुस्ता कुलमण्डन शाह कास्कीको कास्कीकोटमा राजा भएका थियो। यिनका कान्छा छोरा यसोब्रह्म शाह थीए! लमजुङको घले राजाले माइला छोरा कालु शाहलाई (शिकार खेल्ने निहुमा) हत्या गरेपछि शाहलाई (बाहुन डाँडाको भिडन्तमा) कास्कीको राजासँग लमजुंग घले राजा संग मित्रता सकियो र पछि विभिन्न जालझेलमा फसाई लड़ाई गर्दा घले राजालाई हराएपछि कान्छा छोरा यसोब्रह्मा शाहलाई लमजुङ भोडेओडार माथिको थुम्को तार्कुकोटको राजा बनाइयो र शाह बंशको ईतिहास जितनेको मात्रा लेखियो, हार्नेको कहिले लेखेन। तेतीखेर लमजुंगमा घले राजाहरू घेर्मु, तार्कुकोट र जुम ड़ाड़ा कोटमा घले जातिको सामरी थर राजा र सिदूरेढुडग़ा र काउलेपानीमा ग्यालदुड थरक़ा राजाहरु थीए।

यसरी लमजुंगमा यसोब्रह्मा शाहको श्री गणेश गरेपछि उसको जेठो छोरा नरहरि शाह तार्कुकोटमा घलेको वंश तोडी गुरुङ जातिलाई राज्यको अभिभारा रजौटाको रूपमा दिइएको देखिन्छ , जहा घलेजातिलाई मासे पछि बचेक़ाहरुलाई गुरुंग संग मिसाई लामा, लामीछाने,घले र घोताने बनाई सुब्बा र जंग पद दीई राज्य गरेको पाईनछ तर अन्य ठाऊमा लागु भएन घले जातिको थर ४ थर नै रहयो लमजुंग बाहेक़।

यसरी लमजुङमा घले जातिलाई सर्वनाश गरेको पाइएको छ । नरहरि शाह राजा भएपछि भाई द्रव्य शाह राजा नहुने भयो । यसको अलवा हात हेर्ने जोखनामा पण्डितले राजा हुने जोग देखेपछि भाई भारदारहरुसँग् मिलेर लिग-लिग कोटमा षड्यन्त्रपूर्ण तरिकाले दगुर्ने निहुमा घले राजा थान सिंह घलेको हत्या गरी द्रव्य शाह वि.स.१६१६ मा राजा भए । त्यतिखेर द्रव्य शाहसँग गणेश पाण्डे, नारायण अर्याल, गजानन्द भट्टराई (बाबुरामको पुर्खा) गुरुङ जाति र मगर जातिहरूले पनि साथ दिएका थिए । (नोटः लिग- लिगको वरिपरि बस्ने गुरुङ र मगर जाति जबर्जस्तीगुरुंगलाई मगर र मगरलाई गुरुंग बनाएको नमीठो बनाएको कथा देखेकोले उनीहरू गुरुङ भाषा र मगर भाषा बोल्न आउँदैन) लिग- लिग वरिपरि बस्ने घलेहरु र थान सिंह घलेको सारा परिवारलाई नष्ट गरी आफूहरु दौडेर राजा भएको झुटो इतिहास द्रव्य शाहले सुरुवात गरे । द्रव्य शाहले लिग- लिग कोटमा बि.स. १६१६ देखि १६२७ सम्म राज्य गरे ।

पुरन्दर शाह, छत्र शाह हुँदै राम शाह बि.स १६६३ सालमा लिग- लिगको राजा भएपछि राज्य विस्तार क्रममा बि.स. १६६६ मा पोखरीथोक वा गोरखा माथिल्लोकोट, माझकोट र तल्लोकोट क्रमश घले राजा र खड्का राजालाई जालमा पारी राज्य कब्जा गर्दै राजगद्दी लिग-लिगबाट गोरखा सारेका थिए । राजा रामशाह शक्तिशाली हुँदै गएपछि घले जातिले राज्य गरेको थुम -थुमको कोटहरु क्रमशः सिरानचोक, सूलीकोट, ताकुकोट, आदि ठाउँहरू कब्जा गरे ।

राम शाहले देशकाल सुहाउँदो स्थितिहरू चालेकोले झन् झन् जनताको प्यारो हुँदै गयो। गोरखाको उत्तरी भेगमा भने,चङ्खे (चाङ्गे) सुर्तान घलेको शासनपछि अन्तिम राजा अमर घलेले बारपाकदेखि भोटखोलासम्म आफ्नो नियन्त्रणमा हिमाली राज्य चलाएकोथियो । राम शाहले हिमाली राज्य कब्जा गर्नको लागि विभिन्न षड्यन्त्र बनाई मेलमिलापको निति लिए । उतिखेर भोटखोलाबाट आउने नुन घले राजाकै कब्जामा थियो । यही नुनको बहाना पारी तनहुँबाट घलेराजालाईं हात्ती दिने र बारपाकबाट नुन आयात गर्नको लागि दरौंदी नदीको छेउमा पर्ने एउटा सम्म ठाउँ निभेल बगर जहाँ बालुवा थियो त्यही ठाउँमा बिना हतियार मितेरी साइनो राख्न एउटा भोजको आयोजना गरियो । दुवै पक्षबाट सहभागी भएर घले राजाको फौजलाई सम्मानको साथ चरेसको बटुकामा तिन पाने कोदोको रक्सी दियो भने शाहहरु पक्षका फौजलाई सानो सानो प्वाल परेको टपरीमा रक्सी हाली दिँदा तपरीको रक्सी चुहेर बालुवामा गयो र रक्सी लागेन ।

चतुर शाहहरुले भोज हुनु पहिले नै हात हतियार बालुवा मुनि लुकाएर राखेका थिए र रक्सीको माद लागेका मौका पारी पापी शाह फौजहरुले घले फौजमाथि आक्रमण गरी आमसंहार गरेको दुःखद इतिहास छ । राजासमेत कतिपय फौज भाग्न सुरु गरे र बालुवा भन्ने ठाउँमा अर्को महाभारत सुरु भयो । कैयौं घले राजाका फौजहरु दुनियाबाट बिदा भए भने राजा अमर घले भाग्दा भाग्दै बालुवा भन्ने ठाउँबाट अहिलेको बारपाकको भूकम्प केन्द्र मान्द्रे गाउँको मुनि उकालोमा दुइटा ठूलो हात ढुङ्गा(भित्ता) मा पहरा राख्दा राख्दैको अवस्थामा भेटी उहाँलाई पनि त्यही सदाको लागि बिदाइ गरी छाडे । अन्त्यमा बारपाकदेखि भोटखोलासम्मका हिमाली राज्य पनि शाहहरुले आफ्नो कब्जामा राखे र बाँचेका केही घलेहरुलाई बारपाकमा मुखिया र दोहोर्या पद दिएर दशैंको बेला हिन्दूकरण गर्ने एक जना पण्डित खटाएर राजकाज चलाउँदै आए ।

यसरी राम शाहले घले राज्यहरू कब्जा गरिसके पछि घलेहरुको इतिहास कुनै कतै लेखिएन । घलेहरुको बलिदान र पुर्खाको रगत बगेको निभेल शिखर बास खोलाबाट बगेको पानी र धाराको पानी घले राजाको डाँङगे( बार लि:ल थरले) अहिले सम्म पनि पिउदैनन्!!! आजको दिन कालों दिन वा कालों टिका की त सेतो टीका लगाएर घलेको पित्रि पुजा गरौ?

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!