गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक

SHARE:

गीता अधिकारी – काठमाडौं ।

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संकेत अगस्तिको निर्देशन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । यस्तै बालकलाकारमा फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको अभिनय छ । गीतको भिडियोमा वृद्धि अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।

साक्षी र श्रेयको स्टोरी कन्सेप्ट रहेको गीतको भिडियोमा मुकेश हुँमागाईं र टिमको छायांकन र मीन रावलको कलर एवं सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!