काठमाडौं २२ नोभेम्बर २०२४ । लिम्बू भाषा र पहिचानवादी गायकको रुपमा परिचित गायक ब्रबिम शेर्माको नयाँ गीत ‘ओ परदेशी साथी’सार्वजनिक भएको छ ।
महेन नेम्बाङको शब्द र ब्रबिमकै संगीत तथा देवेश राईको एरेन्ज रहेको गीत यही १८ नोभेम्बरमा ब्रबिम शेर्मा युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको लिरिकल भिडियोमा गायक ब्रबिमसहित बाद्यवादकको टोली फिचर्ड छन् । नुमा तुम्रोक र चन्दानुमा शेर्माको निर्माण रहेको भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।
भिडियोमा योगेश दाहालले छायांकन र अनिल रानाले सम्पादन तथा भीएफएक्स गरेका छन् । गीतमा विक्रम राई, शाहिल लिम्बू, मणिसुन्दर लिम्बू, अप्सु योगी तथा संगीता रणपहेंलीको कोरस गायन छ ।
ब्रबिम कार्यक्रममा सिलसिलामा हाल बेलायतमा छन् । हालसम्म बेलायतका चार स्थानमा कार्यक्रम गरिसकेका उनी ३० नोभेम्बरमा ग्रेइजमा गुञ्जिंदैछन् । त्यसैगरी ७ डिसेम्बरमा वेल्स, १४ डिसेम्बरमा बासिंटोक, २८ डिसेम्बरमा अक्सफोर्ड, २१ डिसेम्बरमा लण्डनमा सांगीतिक प्रस्तुति दिनेछन् ।
यस्तै ११ जनवरीमा स्वीन्डन, १८ जनवरीमा एस्फर्ड, २२ डिसेम्बरमा फेरि लन्डनमा उनको प्रस्तुति तय छ ।