मिलन तमु र आरके गुरुङको नयाँ गीत ‘बिर्सनलाई सकिन नानी’ सार्वजनिक

SHARE:

लन्डन २२ नोभेम्बर २०२४ । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र कलाकार आरके गुरुङको प्रस्तुति रहेको गीत ‘बिर्सनलाई सकिन नानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार आरके युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो बजारमा आएको हो । गीतमा आरके गुरुङ, शीतल गुरुङ, सरिता सारु मगर र सुनिमा गुरुङले स्वर दिएका छन् । लय आरके गुरुङ, शब्द सिताराम परियार र एरेन्ज सुदिप सागरको रहेको छ ।

प्रीज्म डिजिटल स्टुडियोमा कमल सिन्जाली र गोविन्दले रेकर्ड तथा मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । सात मुहाने तमु समाजको घर र सिकाली चौरमा गीतको भिडियो छायांकन गरिएको हो ।

दिप गुरुङले निर्देशन गरेको भिडियोमा अञ्जु गुरुङ, जुना गुरुङ, आनन्द गुरुङ र मनोज गुरुङले अभिनय गरेका छन् । छायांकनमा सम्पूर्ण तमु समाज आमा टोलीले पनि सहयोग गरेका थिए ।

निर्माताद्वयले सम्पूर्ण तमु समाज काठमाडौँ र सात मुहाने तमु समाज काठमाडौँलाई विशेष धन्यवाद दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!