टेक विसीको स्वरमा ‘तिम्रै दर्शन’ सार्वजनिक

SHARE:

 

गीता अधिकारी – काठमाडौं ।

टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन् भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको छ । मीन रावलको सम्पादन एवम् कलर रहेको गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!