मिल्टन रिट्रीट ध्यान शिविरबाट

SHARE:

 

डा. मुलीवीर राई –

एक तमासले बतास हुइकिएको आवाज झ्यालबाट अटस मटस भित्र कोठा भित्र पस्छ र मेरो दाहिने कानबाट घुस्रीन्छ । मलाई माजीले भन्नुभएको छ “ध्यानमा नाद सुन्नु है बाबु । नाद जस्तो प्रकृतीको पनि हुन सक्छ, झ्याउँकिरी कराएजस्तो, चराचुरुङगीको गीतजस्तो, खोला सुसाए जस्तो, शंखको ध्वनी जस्तो, ॐ को गुन्जन जस्तो, जनावरहरु कुर्लेजस्तो, कतै सुनिरहैकै सङगीत जस्तो या यी सबै आवाजहरुको एकैसाथ प्रलय गए जस्तो । संसार उथलपुथल भएजस्तो, र भन्नु भएको छ, तर बाबु, यी सव आवाजहरु पनि अन्ततः हराउँछन र केवल रहन्छ शुन्य । त्यही हो इश्वर । त्यही हो आत्मा र हो त्यही हो हामीले खोजेको ‘म’ ।”

भर्खरै मध्यउत्तर इङगल्यान्डको मिल्टन केन्जको यौटा आवासीय भवनको ठूलो बैठकमा हामी नौ जनाको चार दिवसीय ध्यान शिविरको प्रशङग हो यो । विनेश स्वामीजी, शुष्मा माजी, प्रदिप स्वामीजी, शङकर स्वामीजी, मिना बहिनी, प्रकाश, शुष्माजी र म बसेका छौँ । हाम्रो अगाडि बस्नुभएको छ जुना माजी, कैलाश जस्तै । यौटी आमा, यौटी देवी, यौटा गुरु, यौटा अविभावक र यौटा सम्पूर्ण अध्यात्मको प्रतिरुप । उहाँको प्रशङग केही वर्षअगाडि अङग्रेजी भाषाको लेखमा उल्लेख गरेको छु । आफूलाई चिन्न खोज्ने यात्रामा उहाँलाई भेटटाएको हूँ । इश्वरको खोजीको क्रममा भोगेका अनेकौँ हन्डर, ठक्करहरु र वर्षौँको तप र साधना पछि उहाँको खोज टुङगीएको थियो आत्मा या इश्वर–अनुभूती पश्चात । जुना माजी जसलाई कनै पुस्तकको, ग्रन्थको, वेद वा उपनीषदको, पुराण वा वाइवलको, त्रिपिटक वा कुरानको, मुन्धुम वा गुरु ग्रन्थका किताबी ज्ञान छैन तथापि यी सबमा भनिएका तत्वबोधका प्रत्यक्ष प्रमाण हुनुहुन्छ । रमण महर्षिजस्तै मौनता उहाँको सबैभन्दा ठूलो प्रवचन हो । सत्सङ हो । बाल्याकाल देखी आज साठीदशकको उत्तराद्र्ध पर्यन्त उहाँले निरन्तर साधना गरिरहनुभएको छ । यसो भनौ उहाँको जीवन सम्पूर्ण साधनामा अनुवाद भएको छ । उहाँ अहिले आफ्नी छोरीद्वय मिना र मिरालाई भेटन वेलायत आएको वेला उहाँको यही सन्त प्रकृतीलाई अुनुभूत गर्न हामी केही साधकहरुको अनुरोधमा उक्त चार दिवसीय ध्यान सिविरको आयोजना गरिएको थियो ।

यहाँ मैले सम्वोधन गरीएका मानहरुमा स्वामीजी र माजीको अर्थ शिर्षकमा कसैको जिज्ञासा हुनसक्छ । अतः यो प्रश्टयाउन आवश्यक ठानेँ । उहाँहरुका अनुसार आशोबाट दिक्षित प्रत्येक पुरुषलाई स्वामीजी भनिने रहेछ भने महिलाहरुलाई माजी भनिने रहेछ । त्यसो त म स्वयंभने अध्यात्मयात्राको फन्कोमा कसो कसरी ओशो छुटाउन पुगेको छु । कसै साधकहरुको टिप्पणी छ ओशोप्रति – ओशोबादले गरिवदुखीहरुको सेवालाई प्रधानता दिदैन । म स्वयंपनि घोत्लीएको छु घन्टौँ ओशोको ब्यक्तिगत जीवनशैलीको शिर्षकमा । उहाँले उन्नाइसय असीको दशकमा अमेरीकाको ओर्यागनमा एक साम्राज्य खडा गर्नुभएको थियो । रोयल्स रोयसका लस्कर र अनुयायीहरुको हुलवीच भौतिकताको दरवारबाट उहाँ अध्यात्म बाँडिरहनुभएको थियो र उहाँलाई भगवान भन्न थालिएको थियो । भगवानहरु मानव कल्याणको निम्ति यस धराधाममा मानवको शरीरमा आएको कथा, रामले राज्य त्यागेर वनवास गएको कथा, बुद्ध र महावीरले ले दरवार त्यागेर बुद्धत्व प्राप्तीपछि पनि सामान्य मानिसको जीवन विताएको इतिहासका वीच आशोको दरवार गमन मनोबृत्तिमा म झोक्रिन्छु – के ओशोलाई एउटा फोर्ड काफि थिएन एक ठाउँबाट अर्को ठाउँमा जानँ ? हुनसक्छ ओशोले त्यसो गर्नका खास कारणहरु, जुन मेरो र आम बुझाइ पारीको होस । खयर यो मेरो सानो गनगन मात्र हो । जुन एक असल साधकले सायदै गर्ला ।

यतातिर फर्कौँ – सिविरमा सहभागी साधकहरुको एक भन्दा एक उत्कृष्ट साधनाका अनुभवहरु छन । विनेश स्वामीजी र सुस्मा माजीको भर्खरै कैलास यात्राबाट फर्कनुभएको हो जुना माजीसँगै । साधनाको गहिराईको हकमा खासगरी शुष्मा माजीका विशेष अनुभवहरु छन । यद्यपि सामान्य मानिसको निम्ति आश्चर्यजनक अनुभव चाही उहाहरुले कैलाश पर्बतमा देखेको दृश्य हो । धेरै वर्ष अघि शरीर त्याग्नुभएमा उहाँहरुले गुरुमान्नुभएको चुनचुन बाबाको नाउले पशुपति क्षेत्रमा प्रशिद्ध गुरुलाई कैलास पर्बतमा करिव तीस सेकेन्ड सम्म साक्षात दर्शन पाउनुभएको कुरा बडो रोचकपूर्ण थियो । शंकर स्वामीजी, मिना, प्रकास र शुष्माजीहरुको साधनाको क्रममा असिम आनन्द र सुक्ष्म शरीर यात्राका अुनभवहरु लोभलाग्दा सुनिन्थे । प्रदिप स्वामीजी र मैले त्यती गहिराइमा पुगेर मोती नटिपेको स्वीकार¥यौँ । हाम्रा अनुभवहरु सुनेपछि जुना माजीले ती अनुभवहरुको अर्थको विषयमा केही कुरा बोल्नुभयो । जुना माजीसँग खन्ड खन्डमा मेरो आध्यात्मीक खोजको क्रममा आएका आरोह अवरोहहरु बारेमा प्रश्ट निवेदन गर्दै आएको छु । सुरुका दिनहरुमा इश्वरको अस्तित्व र खोजी, केही पछाडि इश्वर र देवी, देवता, पितृ, सँस्कृती र परम्पराका अर्थ र भिन्नताहरु, अझ पछाडि हाम्रो जीवनमा कर्म र प्रारब्धका अर्थ र अश्तित्व हुदै अहिले मैले वर्तमानमा भोगेका प्रत्येक अनुभूति र रातका सपनाहरुको अमुर्त सङकेतहरुमाथि डङगुर प्रश्नहरुमध्ये केहीका जवाफहरु अनुभव गरेको छु । त्यसो त म पुस्तकको अध्यनलाई प्रवचनमा उतार्नेकुरालाई उस्तो ग्राह्यता दिन छोडेको छु । सुन्दा अत्यन्त गैरआध्यात्मीक लाग्ने मात्र हैन आत्मश्लाघाले ओतप्रोत लाग्ने जस्ता कुरा गर्न थालेको छु कि मेरो निम्ति अब कुनै सत्सङ वा प्रबचन नौला हुने छैनन । जुन गुरुले जस्तो कुरा गरे पनि मैले त्यो कतै पहिल्यै सुनेको, पढेको वा श्रब्यदृष्यमा हेरेका हुनेछन । यसको अर्थ मैले सबै जानेको छु, बुझेको छु पढेको छु पटक्कै हैन । स्वामी विवेकानन्दका सम्पूर्ण सङकलन पढन थालेको एकवर्ष उभो भयो । यद्यपि आधा भत्काउन सकेको छैन । त्यसबाट यो बुझौँ मैले सबै पढेको छैन र पढने हतार पनि छैन । वस मलाई सिर्फ अनुभव र अनुभव मात्र चाहिएको छ ।

उक्त दिन सत्सङमा पनि मैले मैले माजी र अन्य साधकहरुसँग पनि निवेदन गरेँ कि म अचेल बस्तुपरक ढङगबाट अवस्थालाई हेर्ने बुझ्ने भएको छु । कुनै गुरुले सम्यक दर्शन सम्बन्धि प्रवचन दिनुहुन्छ भने उहाँ स्वयंलाई त्यस अवस्थाको अनुभव छ कि छैन ? मुलतः कुनै कुराको आफुले प्रयोग गर्नुभन्दा अन्यले भन्दै आएका वा लेखेका कुराहरु दोहो¥याउन सजिलो भएकाले सबै गुरुहरु त्यसो गर्नमा ब्यस्त भेटिन्छन । उदाहरणको निम्ति धरै गुरुहरु एक जना जापानी लेखक तथा बैज्ञानीक डा. मासुरो इमोतोको प्रयोग उदृत गर्दै भन्नुहुन्छ कि मानिसको भावअनुसार पानीको अणुको बनावटमा परिवर्तन आउँछ तसर्थ पानीमा चेतना छ तथापि कहिल्यै आफूले पनि प्रयोग गरेको कुरा सुनिदैन । विज्ञानले भनेअनुसार मानिसको प्रतिदिन ६२ हजार विचारहरु चल्छन अर्थात प्रति मिनेट लगभग छ वटा । तर कुनै गरुले प्रयोगात्मक प्रवचन दिएको कम्तिमा मैले पत्तो पाएको छैन । बरु म स्वयंको अनुभवमा १ देखि ११ वटसम्म विचार चेलेको पाएको छु । एक विचारबाट अर्को विचारमा रुपान्तर हुदाको अवस्था र जागृतबाट निद्रामा जाँदाको अवस्थालाई कहिल्यै अनुभव गर्न सकेको छैन । यद्यपि लगभग मृत्युपश्चातको मानिसको अवस्थालाई अनुमान सम्म गर्नसक्ने भएको छु । स्वर्ग र नरक विम्बमात्रहुन या यथार्थ, भूत पिसाच र बोक्सी मित्थ्या हुन वा वास्तविकता, उत्तरजन्म र पुर्वजन्म केवल धार्मिक मान्यता हुन या तत्यपूर्ण जस्ता कुराहरुको मेसो पाएको छु जस्तो लाग्छ । लेखिहाल्नको निम्ति अलि अपरिपक्व हुने भएकाले कलम उठाउने हिम्मत गरेको छैन ।

यी कुराहरु जुना माजी विस्तारमा बताउनुहुन्छ । उहाँको आफ्नै पूर्वजन्मका बृतान्तहरु, आत्मा र अनात्माका कुराहरु, ब्रह्मान्डीय असिमितताका अनुभूतिहरु बताउनुहुन्छ । उहाँको अनुभव सम्पूर्ण अद्वेत वेदान्त हो, शुन्यबाद हो, निर्बाण र कैवल्य हो । उहाँको बाँणीमा कृष्णमुर्ति र मौनतामा रमण महर्षि पाउन सकिन्छ । कुरो यति मात्र हो कि लिन सकिन्छ कति ! बस ।

चारदिनको ध्यान शिविर सम्पन्नभएसँगै साधकहरुमा थप उत्सुक्ता देखिन्छ र छुटनु अगाडि फेरि चाँर्डै यस्तै अर्को शिविरको आयोजना गर्ने सल्लाह हुन्छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!