एकल सांगीतिक साँझमा गुन्जिँदै लोकगायक कृष्ण थापामगर

SHARE:

काठमाडौं ७ डिसेम्बर २०४ । नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी पुस ६ गते लोकगायक कृष्ण थापामगरको एकल सांगीतिक साँझ हुँदै छ ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा शनिबार ६ पुसमा पोखरा सभागृहमा एकल साँझ कार्यक्रम हुन लागेको हो । दिउँसो १ बजेपछि सुरु हुने कार्यक्रमको व्यवस्थापकीय तयारी, प्रायोजकको खोजी, प्रचारप्रचारलगायतको काम भइरहेको नेपाल मगर सांस्कृतिक संघ कास्कीकी अध्यक्ष सरिता सारुमगरले जानकारी दिइन् ।

दर्जनौं मौलिक गीत संगीतमार्फत नेपाली लोकगीतप्रेमी स्रोताहरुको मन जित्न सफल प्रतिभाशाली कलाकारलाई आफ्ना शुभेच्छुक श्रोता र दर्शकसामु आफ्नो मौलिक प्रस्तुति प्रत्यक्ष रुपमा प्रस्तुत गरी उनीहरुबाट अझै बढी मौलिक लोकगीत संगीतमार्फत नेपाली लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन र जगेर्ना गर्ने दिशामा प्रेरणा र प्रोत्साहन हासिल गर्ने उपयुक्त माध्यमका रुपमा कृष्ण थापामगर एकल साँगीतिक साँझ-२०८१ आयोजना गरिएको अध्यक्ष सारु मगरको भनाइ छ । यो एकल साँझ गर्नुको मुख्य उद्देश्य नेपाली लोकगीत संगीतको संरक्षण र प्रवर्द्धन गर्न, लोक गायक कृष्ण थापालाई सांगीतिक दुनियाँमा थप क्रियाशील गराउन र उनका हालसम्मका गीत संगीत संकलन, पुनः उत्पादन तथा प्रवर्द्धन गर्ने रहेको समेत अध्यक्ष सारुमगरले बताइन् ।

गायक थापामगरका काठमाडौं तिनकुने, सारङ्गीको तार, लाहुरे फुली पाते बुलाँकी, जुनी जुनीलाईलगायत लोकगीत, झ्याउरे, सालैजो, पञ्चेबाजाजस्ता दर्जनौं गीत छन् । कृष्ण थापामगरका चर्चित गीति एल्बमहरु
(१) आमाको आँशु – २०४८ (२) माया मरोऊ है – २०४५ (३) भालेको डाँकैमा (५) जाउँ खोली तरेर २०५१ (६) मर्स्याङ्गदीको पुल २०५२ (७) सलल पानीमा (४) फूलपाती अक्षता- २०५४ (१०) रेल घुम्तीमा २०५५ (११) औंठी तोलाको २०५० (४) ए कान्छी २०५१ (८) छाता ओढेर २०५३ (१२) काठमाडौं तिनकुने २०५७ (१३) हेलिकप्टर २०५८ (१४) फूल फूलेको छ २०५९ (१५) पोखरामा गेट २०५९ (१६) सारङ्गीको तार २०६० (१७) लाहुरे फुली पाते बुलाँकी २०६१ (१८) डोको बोकेर २०६२ (१५) लेकवेशी २०६३ (२०) जुनी जुनीलाई – २०६४ (२१) भाछु झस्किने २०६४ (२२) वेसारे नानी २०६५ (२३) चौरीले खायो (सालैजो ) २०७६ (२४) के भन्न मन थियो (झ्याउरे ) २०८० लगायत तीन दर्जन एल्बमहरु छन् ।

गीति भीसीसीहरु :
(१) सारङ्गीको तार – २०६० (२) लाहुरे फुली पाते बुलाँकी २०६१ (३) डोको बोकेर २०६२ (४) लेकवेशी – २०६३ (५) जुनी जुनीलाई २०६४ (६) भाछु झस्किने २०६५ यी चर्चित लोक गीत एल्बमहरुका साथै उनको २०६६ सालमा प्रस्तुति पञ्चे बाजालगायत छन् ।

उक्त एकल साँझका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय समिति, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश, नेपाल मगर संघ, कास्की, नेपाल मगर संघमा आबद्ध सम्पूर्ण इकाईहरु, भ्रातृ संघ संस्थाहरु व्यवस्थापन सहयोगी रहेका छन् ।

को हुन् कृष्ण थापामगर ?
मौलिक लोक गीत जगेर्ना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका प्रतिभाशाली लोक गायकको नाम हो, कृष्ण थापा मगर ।

वि.सं. २०२५ सालमा तनहुँ जिल्ला, बसन्तपुर गाविस. वडा नं. ३, मोहरियामा स्वर्गीय सुवेदार नवल सिंह थापामगर र श्रीमती स्व. नन्दकुमारी थापामगरको साइँला सुपुत्रको रुपमा जन्मिएका कृष्ण सानै उमेरदेखि लोकदोहोरी गायनमा गहिरो अभिरुची राख्थे । सोही अभिरुचीको प्रस्फुटन स्वरुप गाउँमा वन जंगलमा घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा होस् त्यतिखेरका चर्चित लोकगायक जन कविकेशरी धर्मराज थापा, स्वर्गीय लोकबहादुर क्षेत्री, स्वर्गीय झलकमान गन्धर्व, कविता आलेमगर, स्वर्गीय तीर्थबहादुर गन्धर्ब, सावित्री शाह, प्रेमराजा महत, बमबहादुर कार्की र भेंडीखर्के साइँला ‘उर्फ’ दीर्घराज अधिकारी जस्ता चर्चित गायक, गायिकाहरुका लोकभाकाहरु गाएर वनजंगल, पाखापखेरा गुञ्जयमान गराउँथे ।

स्थानीय चन्द्रावती माध्यमिक विद्यालयमा प्राथमिक शिक्षा हासिल गर्दादेखि नै लोक गीतसंगीतप्रति गहिरो अभिरुचि रहे पनि माध्यमिक तहमा अध्ययन गर्दासम्म गायन प्रतियोगितामा भाग लिने अवसर प्राप्त नगरेका थापामगरले गाउँमा स्थानीयस्तरमा आयोजना गरिने विविध कार्यक्रमहरुमा लोक गीत गाउने गर्थे ।

कर्णप्रिय स्वरका धनी कृष्णथापा मगरले वि.स. २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए भने २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

वि.स. २०४४. देखि २०४५ सालसम्म छोटो समय नेपाल प्रहरीमा जागिरेको रुपमा रहेर राष्ट्र सेवासमेत गरेका थापामगरले २०४८ सालमा पितृ वियोग र २०६२ मा मातृवियोग खेपे । उनी मौलिक लोकगायनमा सक्रिय रहेबापत दर्जनौं संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!