पर्सि शनिबार पोखरामा लोकगायक कृष्ण थापामगर एकल साँझ, सहभागी हुन अपिल

SHARE:

पोखरा १९ डिसेम्बर २०२४ । लोकगायक कृष्ण थापामगरको पर्सि शनिबार पोखरामा एकल साँझ हुँदैछ ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा लोकगायक कृष्ण थापामगर एकल सांगीतिक साँझ हुन लागेको हो । संघले मंगलबार पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दियो ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारुमगरले यही शनिबार (पुस ६) गते लोकगायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरिने बताइन् । ‘नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा यही पुस ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं,’ अध्यक्ष सारु मगरले भनिन् ।

उनले मौलिक लोकगीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोकगायक थापमगरको योगदान रहेको बताइन् ।

वि.स. २०२५ सालमा तनहुँको साविक बसन्तपुर गाविस-३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लो गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

गायक थापाका सारंगीको तार, जुनी जुनीलाई, लाहुरे फूली पाते बुलाकी, काठमाडौं तीनकुने लगायत दर्जन गीत लोकप्रिय र कालजयी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!