विनय र कृष्णको सिर्जनामा ‘तिम्लाई पीआर मलाई देश चाहिइएको’

SHARE:

लन्डन २७ डिसेम्बर २०२४ । पछिल्लो समय नेपालीमा देखिएको विदेसिने मोह र बाध्यताको सन्दर्भमा विनय अधिकारी र कृष्ण लामिछानेको सिर्जनामा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक राजु परियार र गायिका सुनिता बुढाको सुमधुर आवाजमा ‘तिम्लाई पीआर मलाई देश चाहिइएको’ म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको हो । उक्त गीत विनय अधिकारी युट्युब च्यानलमा सुन्न र हेर्न पाइन्छ ।

संगीत निर्माता महेन्द्र भण्डारी, मिक्सिङ/मास्टरिङ खडक बाजुराली, रेकडिस्ट गोविन्द पराजुली, सागर बाजुराली र भोकल इडिट राजेन्द्र बाजुरालीले भूमिका खेलेका छन् ।

म्युजिक भिडियोमा विनय अधिकारी र स्मारिका ढकालले अभिनय गरेका छन् भने कोरियोग्राफर र निर्देशन विक्रम चौहान

दृष्य र कलर सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

हेरौं गीतका शब्दहरु

केटा(थेगो) छुट्न हैन पिरती लाइएको
तिम्लाइ पिआर मलाइ देश चाइएको

केटि(थेगो) के छ र यो देशमा पाइएको
मलाइ उज्जल भबिस्य चाइएको

१(केटा): मुख्य हिस्सा हौ जिन्दगानिको
किन मुहार मलिन छ सानिको

२(केटि): नजाउ भन्छौ मन दोधार दोधार छ
साथमा तिमी हातमा पिआर छ

३(केटा): किन कुरो गर्दैछेउ नचाइने
तिम्लाइ यूके चाइने कि म चाइने

४(केटि): मेरो सोचाइ तिम्लाइनी लानी हो
म त यूके जानी हो जानी हो

५(केटा): जान्छेउ भने जाउ बिदेश मछाडी
किन लाग्छेउ पि आरको पछाडि

६(केटि): त्यसै जान खोजेकि हैन क्या
यो देशमा त भबिस्य छैन क्या

७(केटा): बन र पाखा नदि र खोला
यस्तो देशत बिश्वोमै काँ होला

८(केटि): कस्ले भन्छ बिदेश गै मरम
देशले यूवा चिनेन के गरम

९(केटा): किन तिम्रो दोधार मन भाको
होकि कोइले मैसाबलाइ भड्काको

१०(केटि): भड्क्या हैन कमाउन दाम सानू
अन्तिम चोटि भन्दैछु जाम सानू

११(केटा): कर नगर देशमै केही गर्न देउ
देशकै झन्डा ओढेर मर्न देउ

१२(केटि): ठिक छ तिमी देश भक्ती बने
जान्छु म त स्वार्थी भोइ नभने

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!