संजय सिङजाली मगर – नेपाल।
करिब बिहानको समय थियो म भर्खरभर्खर उठ्दै थिए र झिस्मिस बिहान नै भनम । सधै बिहान उठेर मर्निवाक हिड्ने बानी छ । तर त्यस दिन बैठकको चापले गर्दा मर्निग वाक गईन, अबेर उठेका कारण ६ : ३० मा सावर जान तयार अवस्थामा थियो गुरुङ दाईले फोन २, ३ पटक गर्नु भएको रहेछ । मैले पट्कै थाहा पाईन । कार्यक्रमको निम्ति आग्रमी जानकारी नै अघिल्लो दिन पाईसक्या थियो ।
म आफ्नो सरसफाई सकेर बिहानको नास्ता लिने क्रममा नास्ता सँसँगै मोबाईल चलाउने मेरो आदतनै छ । मैले २, ३ पटक कलब्याक गर्ने कोशिस गरिरहेको थिए । तर कलब्याक हुनसकेन । केहि क्षेणको पर्खाई पछि गुरुङ दाईले कल गर्नुभयो । मैले नास्तालाई भोको पेटको आहार मिठो मानी मानी लिने क्रम थियो ।
नास्ताका साथमा दाजुभाईको संबाद भईरहयो । दाजु आउँनु भएको झण्डै झण्डै २, ३ दिन भएको रहेछ । हाम्रो संबाद प्राय म्यासेन्जरमा दैनिक भईरहने गर्दथ्यो । तर त्यस दिन अचानक गुरुङ दाई रानीमहल जाने प्रस्ताव राख्नु भयो । म त्यस दिन २ वटा कार्यक्रममा बोलाईएको थियो । म त्यस कार्यक्रममा जानु पर्ने थियो । तर दाईको प्रस्ताबलाई अस्वीकार गर्नु पर्ने अवस्था पनि थिएन । लामो समय पछि भेटघाट अनि दु:खसु:ख कुराहरु सकरात्मक बिचार आदनप्रदान हाम्रो मुृख्य कुृरा यिनै पर्दछन् । हाम्रो संबाद केही क्षेणका लागी भयो र कार्यक्रमलाई तत्काललै फोन मार्फत अनुपस्थित हुने जानकारी गराए । त्यस पछि हतारहतार सामान झोलामा प्याक गरि यात्रा तय हुने निधो गरे । बिहान को ७ बजे हाम्रो यात्रा नवलपरासीको बर्दघाट बजार देखि यात्रा सूरु भयो । बर्दघाट देखि लोकल बस ७:१५ मा समात्न पुग्यौ । करिब १ घण्टा को यात्रा पछि बुटवल गोलपार्क झर्यौ । केही क्षेणको हिडाई पछि आफन्तका पुग्यो ।
भोको पेट लामो यात्रा खानाको सानदार सेट मज्जाले खाईयो । करिब आधा घण्टा को बसाई पछि पाल्पा यात्रा सुरु भयो । हाम्रो यात्रा एकदम शानदार तरिकाले भएको थियो । साधन सानो कम यात्रु मस्त लोक आधुनिक गितहरु बेनी को बजार जता माया उतै छ नजर, गोर्खा पल्टन, नजाउँ है सानु पधेरीमा जस्ता गित बजिरहे । हाम्रो यात्रा खोलाको बेग जसरी एक नासले चलिरहेको थियो । केही घण्टाको यात्रा पछि डुम्रे को मोटेल(motel) अर्थात सानो गाउँले पाराको खाजा घर स्थित आरम साथ जिपले टक्क रोक्न पुग्यौ ।
हामीले त्यस होटलमा पाल्पाली बटुक र चुकाउने खायौ र रोमणीय ठाउँमा रहेको पसलमा खाजाहरु मजाले बिक्री भईरहेको थियो ।
केही क्षेणको बिश्राम पछि हामीले आफ्नो गन्तव्य तिर लाग्ने निधो गर्यौ । साधनले यात्रुहरुको गन्तव्यमा पुग्न साथ दिईरहेको थियो । यात्रा गर्दा बिभिन्न प्रकृतिक प्रकोप सँग जुड्दै अघि बढ्नु परेको थियो ।
झण्डै २० मिनेटको यात्रा पछि पुग्नु पर्ने बतासे डाँडा पुग्यौ र ओर्लियौ । हामी ओर्लिन साथ यात्रुको भाडा गुरुङ दाईले बुझाउनु भयो । सँन्तोष दाई, बिनोद दाई, र म किराना पसल पस्यौ । बतासे डाँडा देखि रानीमहल १३ किमी छ । हामी हिडेर लामो पैदल यात्रा गर्नु पर्छ भन्ने मलाई थाहा थिएन । एक्कासी बिनोद दाई द्धारा हामी हिड्नु पर्छ भाई भन्नुभयो । मैले अलिक अप्ठारो नै माने, किन भने यस भन्दा पहिले बाईकमा बुटवल देखि रानीमहल पुगेको नमिठो अनुभव मनमा ताजै थियो ।
लामो यात्रा तय गर्नु पर्ने मधेशको जस्तो समथल बाटो कहाँ हुनु, छड्के, ओराले तेर्सो गुमाउरो बाटोहरु थिए । क्रमश : हाम्रो यात्रा बतासे डाँडा देखि तय भयो । हामी मज्जाले गफिदै पाल्पाका गाउँका सेरोफेरो डाँडाकाँडा रोमणीय बातवरण लोभ लाग्दो दृष्य अवलोकन गर्दै पैदल यात्रा गरिरहयौ । बाटा भरी बनमारा अनि झयाउकिरीले किरकिर आवजले यात्रालाई अर्थपूर्ण बनाईदियो ।
एकताक स्व. गोरबहादुर खपाङ्गेले भन्ने गर्नुहुन्थ्यो बहुजातिय लोकतान्त्रिक समाजबाद आयो भने गाउँ पनि सहर सरह बिकासले गति लिन्छ र सबै जनताले सुख भोग गर्न पाउँन बताउनु हुन्थ्यो । यात्रामा ठक्कै गोर बहादुर खपाङेले बोलेको त्यस शब्दहरु मनमा अनुभुतनै गर्न पाए । गाउँघरका बाटो घाटो अलकत्राले चिल्लो भएका छन्, पाटी पौवा संरक्षणले फूलबारी जस्ता देखिएका छन् ।
मनमा अनेकौ कुरा खेलाउदै यात्रा एकनासले हिडाई भईरहेको थियो । बाटाहरु मा बिभिन्न किसिमका पसलहरु थिए । कतै नास्ता पसल, कतै घरेलु सर-सामान राखिएको थियो त, कतै बास बस्नका होम स्टेहरु देखिन्थे ।
करिब १० किमीको हिडाई पछि सानो खाजा पसलमा चिया पिउँन बिश्राम गर्यो । हामी तिन जना रातो चिया पिउँनका लागि अर्डर गर्यो । सन्तोष दाईले सूर्य चुरोट मस्त सँग एकनासले तान्न थाले बिनोद दाई पसले सँग गफिन थाल्नु भो, म भने त्यहाँ को रोमणी बातवरण सँग आनन्दको अनुभूति गरिरहेको थिए ।
बाँकी ३ किमि पुग्नु पर्ने गन्तव्य रहेको थियो । चिया खाईवरि निश्चित पुग्नु पर्ने गन्तव्य तिर लाग्यो । बाटोहरु छिचुल्ने क्रममा बिभिन्न किसिमका फूल , जँगली पशुपक्षि तथा फलफूलहरु देख्न सकिन्थे भने झरना तालतलैया साथै एतिहासिक पूर्खाहरुले बनाएका जिर्ण पूलहरु पनि देख्न सकिन्थ्यो ।
सहरको तनावमुक्त हुन यात्रामा रहेका हामी बाटा भरी बिगत, बर्तमान र सुनौलो भबिष्यको गन्तव्यका बारेमा आपसमा चर्चा गर्दै लमकलमक पाईला चाल्दै गन्तव्यलाई नियाल्दै गयौ। बाटामा भोकलाई शान्त बनाउनका निम्ति फलफूल मिठाई र पानी पहिले जोरजाम गरिसक्या थियौ । सन्तोष दाईको अल्लारे गफ र दाजु बिनोदको जवानीपनले यात्रा समुधुर बनाईदिएको महशुस गरे ।
यसरी हाम्रो रानीमहलको यात्रा साँझ ६ बजे सम्म पुग्न सफल रहयौ । हामी त्यहाँ पुग्न साथ रानीमहल आसपास अवलोकन गर्यौ । लामो हिडाई भएकाले थकान मेटाउन थियो । रेष्टुरेण्टमा आरम गर्न पुग्यौ । रानीमहल प्रबेश अनुमति बिहान ८ देखि साँझ ५ बजे सम्म रहेछ ।
हामी समय भन्दा केहि घण्टाको फरकमा त्यहाँ पुगेका थियौ । रात घुर्किदै थियो, हामी थकान मेटाउन आराम गर्न पट्टि लाग्यो । साम्झ ८ बजे तिर खाना तयार अवस्थामा थियो । सन्तोष दाई, बिनोद दाई र म नास्ता गर्न लाग्यौ । नास्ता पछि को हाम्रो अन्तिम खाना थियो । सन्तोष दाई ब्राण्डेड रक्सिको नशामा चुर्लुम डुबे । बिनोद दाई र म भने रक्सि नखाने भएकाले एकएक वटा रेड बुल समात्यौ । वरीपरी अग्लाअग्ला डाँडाकाँडाहरु छन् । बिचमा २, ३ वटा रेष्टुरेण्टहरु खुलाएको छ । टाढाटाढा देखि घुमफिर गर्न आउने रात्रि शिविर (night camp) व्यवस्था रेष्टुरेण्टले गर्दो रहेछ । करिब बिहानको ६ बजे पछि नास्ता खाईवरी ८ बजे रानीमहल घुम्न तमतयार अवस्थामा रहयौ ।






