आरके त्रिपाठी – बेलायत।
गणतान्त्रिक लोकतन्त्र हामीले ल्याएका वा मानेका वा अभ्यास गरेका हौं भने थप क्षती हुन नदिन पूर्व राजासंग नेपाल सरकार एवं राजनैतिक दलका प्रतिनिधिले बेलायतको इतिहाँस पढ्दै पूर्व राजा संग नागरिकसंग जस्तै तुरुन्त बार्ता गर्नु पर्दछ कि पूर्व राजा के चाहन्छन् ?
हिजो पूर्व राजाले थुन्ने र घरमै नजरबन्द गर्दथे। त्यसले पूर्वराजा वा राजसंस्थालाई फाईदा भएन। आज गणतन्त्रबादी सरकार त्यता तर्फ लम्किरहेछ।हिजो माओवादी जनयुद्ध भन्दै तोडफोड,चोरी, लुटपाट,मान्छे अपहरण,हत्या भयो। त्यो बेलाको सरकारले पनि शुरुवाती दिनमा थुनामा राख्ने,नजरबन्द गर्ने,मुद्दा चलाउने गरेकै हो। तर त्यो समाधान थिएन।अन्तत १७००० मानिस मारिए।धेरै धनजन र मानबिय क्षती हुन नदिन बार्ता सुरु भयो।वार्ताबाट शान्तीको मार्ग सुरु भयो।
विगतमा सिरालियोन,कोसोभो,मन्टेनेग्रो, सुडान होस वा वर्तमानमा इजरायल- प्यालेष्टाईन,रूस-युक्रेन होस?अन्तत दिगो शान्ती बार्ता बाटै प्राप्त हुने हो। संसारका हरेक भयानक युद्ध अन्त्य वार्ता बाटै भएका छन्। वार्ता नगर्ने र पेलेरै जाने रणनितीले थप हिंसा र धनजनको क्षती भएको देखिन्छ/अन्तत दिगो शान्ती बार्ता बाटै प्राप्त हुने हो।
कुनै पनि आवाज आन्दोलन लाई कमजोर मान्नु हुँदैन।समयमै गहनता बुझी बार्ताको आहवात गर्दा धनजन र मानबिय क्षती हुँदैन।ढिला गर्दा विनाश हुन्छ।निशेध आज्ञाले,Corfew ले भेला हुन त नदेला वा रोक्ला तर आन्दोलनको स्वरूप फेरिएर घुषपैठ भई व्यक्ति व्यक्ति हत्या वा आत्माघाती हत्यामा परिवर्तन भयो भने Corfew सामाधान होइन।
यहाँ बेलायतमा 1642 मा तत्कालीन राजा Charles प्रथम र संसद विच विवाद शुरु भयो।बेलायतको राजा Charles प्रथम र संसद विच झगडा चर्कदा यो विबाद उत्कर्समा पुग्यो।
1642 मा England मा Civil War I सुरु भयो। 1649 मा संसदिय सेनाले राजाको सेनालाई हरायो। राजा Charles प्रथम माथी संसदिय ट्रायल भयो।दुई लाख मानिस राजाको शक्ति महत्वकांक्षा कारणले मारिएको भनियो।
राजा Charles प्रथम लाई 1649 मा मृत्यु दण्ड दिईयो। England मा 1649 मा गणतन्त्र आयो। सेनाको प्रमुख Cromwell Oliver ले ११ बर्ष लर्ड प्रोटेक्टर भई शाषन गरे। उनै सेना प्रमुख Cromwell Commonwealth प्रमुख भए। 1659 मा सेना प्रमुख, लर्ड प्रोटेक्टर Cromwell को निधन भयो।Cromwell को छोरा रिचर्ड Commonwealth प्रमुख, Lord प्रोटेक्टर, Army Chief भए।
बेलायतमा गणतन्त्र आए पनि Cromwell को छोरा Army Chief,लर्ड प्रोटेक्टर,Commonwealth प्रमुख Richard को व्यवहार राम्रो भएन।
संसद्मा लर्ड प्रोटेक्टर,Common wealth प्रमुख र Army Chief Richard माथी वर्खास्थि गर्न प्रश्न उठ्यो।
France मा 1651 देखि निर्वासनमा रहेका मृत्युदण्ड दिईएका Charles I का छोरा Charles॥ लाई ल्याएर England को जनताले र संसदहरुले Charles ॥ लाई England को राजा बनाउन माग गर्न थाले। घर घर भित्र चर्चा चुलियो।
त्यसै विच सेना प्रमुख, Lord प्रेटेक्टर, Common wealth प्रमुख रिचर्ड लाई हटाएर गणतन्त्र समाप्त पारि Charles॥ लाई संवैधानिक राजा बन्ने गरि धेरै अधिकार कटौती गरि हस्ताक्षर गराई बेलायतको संसदले नै 1660 संवैधानिक राजा बनाएको देखिन्छ।
त्यो दिन देखि अन्य राजाहरुले संवैधानिक राजा भई सरकारको Rubber Stamp राजा भई काम गरेको देखिन्छ र बेलायतमा राम्रो संवैधानिक राजतन्त्र र पूर्ण लोकतन्त्र,स्वतन्त्रता र विकाश,संवृद्धि अघि बढि रहेको देखिन्छ ।
राजा Charles प्रथम र England को संसद विच भएको शक्ति संघर्षले English Civil War I भई दुई लाख मान्छे मरे।यो युद्धमा Scotland,Wales र Ireland को राजाको Penetration देखिन्छ।
बेलायतको तत्कालीन राजा Charles प्रथम लाई हटाउन त्यो बेला Scotland,Wales र Ireland का तत्कालिन राजाहरुले England को संसदिय सेना र England को संसद समर्थक जनतालाई लुकाएर हतियार,पैसा, सेना र Mechinary सहयोग गरि काटमार बढाएको देखिन्छ।
नेपालममा पनि अहिले राजवादीको नाममा जे आन्दोलन जारी छ ,त्यसले नेपालमा गृहयुद्ध निम्त्याउन सक्छ।
समय बित्दै जाँदा नेपालको राजावादीको आन्दोलनमा आन्तरिक,बाह्य र धार्मिक घुषपैठ भई आज प्रारम्भमा सोचेको भन्दा आन्दोलनले Civil War निम्त्याउन सक्छ।यसमा मर्ने नेपाली जनता नै हुन्।
युद्धले अफगानिस्थान,पाकिस्तान,सिरिया, एमन लाई कता पुऱ्याई रहेछ?त्यता तर्फ सबैले ध्यान दिन जरुरी छ।बार्ता नगरी गणतन्त्रको नाममा हुने नजरबन्द,धरपकड, प्रक्राउले मात्र दिगो शान्ती दिँदैन।
विशेष गरि नेपाली कांग्रेस अन्य पार्टी भन्दा जिम्मेवार पार्टी भएकोले पूर्व राजा ज्ञानेन्द्र संग तुरुन्त वार्ता गरि एउटा समझधारीमा पुग्नु पर्दछ।गणतन्त्रभित्रै पूर्व राजालाई स्थान दिने बातावरण प्रारम्भ गर्नु पर्दछ।






