बलिउड अभिनेत्री तनुश्री दत्तामाथि भएको भनिएको यौनहिंसाको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री पूजा भट्टले पनि आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छन् । एक कार्यक्रममा पूजाले भनिन्, ‘महिला घर र घरबाहिर दुवै ठाउँमा असुरक्षित छन् ।’
उनले आफूमाथि भएको यौन दुर्व्यवहारको घटनाबारे पनि बोलिन् । उनले भनिन्, ‘एकपटक एअरपोर्टमा मेरो छेउमा बसेका एक साथीले गलत ठाउँमा छुने कोसिस गरेका थिए ।’
उनले यो पनि खुलाएकी छिन् कि ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुटेपछि एक पब्लिकेसन हाउसले उनका बाबुसँग यौन दुर्व्यवहारबारे सोधेको थियो । त्यसपछि उनले बुबालाई सबै सत्य बताउने विचार गरेको पनि उल्लेख गरेकी छिन् । उनले एअरपोर्टमा भएका वेला उनको छेवैमा भएको साथीले उनको छातीसम्म हात पुर्याउने कोसिस गरेको बताएकी छिन् ।
पूजाले सन् २००३ मा व्यापारी मखिजासँग विवाह गरेकी थिइन् । जुन सम्बन्ध २०१४ मा टुटेको थियो । तनुश्रीबारे पनि विचार व्यक्त गर्दै पूजाले भनेकी छिन्, ‘तनुश्रीको आवाज दबाइनुहुन्न । घटनाबारे निस्पक्ष छानबिन हुनुपर्छ ।’






