लन्डन १० जून २०२५ । बेलायत भ्रमण सकेर मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी नेपाल फर्किएका छन् ।
मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गत २३ मे २०२५ माछोरा क्वान्टम संबुद्धसहित लन्डन आएका डा.योगी दम्पती सोमबार ९ जूनमा नेपाल फर्किएका हुन् । उनीहरुलाई हिथ्रो एयरपोर्ट पुगेर मनोक्रान्ति टिम यूकेका अध्यक्ष तथा एभरेस्ट टाइम्सका पत्रकार नगेन्द्रराज नेम्बाङलगायतले बिदाइ गरे ।
यसअघि ८ जुनमा मनोक्रान्ति टिम युकेद्वारा आयोजित ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण ध्यान शिविर समापन र डा.योगी विकाशानन्द परिवारलाई बिदाइ गरिएको थियो ।
समापन तथा बिदाइ कायक्रममा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध, योग गुरु गोप सिङजाली मगर र साधिका मनिकला राईले आ- आफ्नो अनुभब व्यक्त गरेभने अध्यक्ष नेमबाङले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण ध्यान शिविर कार्यक्रमा सहभागीलगायत प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
डा.योगी विकाशानन्द र कमलेश्वरीले यहाँ रहँदा बेलायतवासीहरु विभिन्न ठाउँमा मनोक्रान्ति शिक्षण प्रशिक्षण प्रदान गरे भने लन्डनलगायत ठाउँको पनि भ्रमण गरे । मनोक्रान्ति टिम यूकेले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ (कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना) मे २६ देखि ३० तारिखसम्म आयोजना गरेको थियो ।
यसैबीच, डा.योगी विकाशानन्द र कमलेश्वरीले मे २५ तारिखमा तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकप २०२५ मा पनि मनोक्रान्ति प्रशिक्षण दिएका मनोक्रान्ति टीम यूकेका अध्यक्ष नेम्बाङले बताए ।






