सिक्किमको महोत्सवमा नेपथ्य

SHARE:

काठमाडौं । राजधानीका दर्शकसँग स्वयम्भूमा जम्काभेटपछि नेपथ्य ब्याण्ड अब उसका पुराना प्रशंसकहरुको क्षेत्र भारतको सिक्किमतर्फ प्रस्थान गर्नेभएको छ ।

सिक्किमको राबाङमा आगामी मंगलबार ब्याण्डले नेपाली लोकरक घन्काउने छ । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११) देखि ‘राबाङ टुरिज्म फेस्टिभल’ आयोजना हुनगइरहेको छ । पहाडमाथिको सुन्दर ताल छेवैमा आयोजित तीन दिने महोत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङबाट हुनेछ । महोत्सवको समापन भने ३० तारिख (कात्तिक १३) का दिन नेपथ्यको प्रस्तुतीबाटै गर्ने कार्यक्रम आयोजकले तय गरेका छन् । मंगलबार बेलुकी नेपथ्य कन्सर्ट राबाङको छो जो लेकमा आयोजना हुनेछ ।

केही साताअघि मात्रै पहिलो विमानस्थल सञ्चालनमा आएपछि सिक्किम यतिबेला भारत र छेउछाउका गन्तब्यबाट घुम्न चाहने पर्यटकहरुको केन्द्र बन्दै गएको छ । राजधानी गान्तोकबाट २९ किलोमिटरको दुरीमा अवस्थित पाक्योंगमा तयार भएको विमानस्थलको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । भारतले आफूसँग भएको प्रविधिबाट विश्वलाई आश्चर्यमा पार्दै पहाडको डाँडा फोडेर त्यहाँ आधुनिक विमानस्थल तयारपारेको हो । संयोगले उक्त विमानस्थल बनाउने चरणमै पाक्योंगले केहि वर्षअघि नेपथ्यलाई निम्त्याएको थियो । सिक्किमको पाक्योंगस्थित सेन्ट जेभियर्स स्कुलको विशाल मैदानमा त्यतिबेला प्रस्तुत हुँदैगर्दा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले त्यस राज्यको थप समृद्धि र विकास अब निकै नजिक आइपुगेकोमा उपस्थित हजारौं दर्शकहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । ‘सिक्किम विश्वभरका पर्यटकहरुलाई निम्त्याउन अब पूर्णरुपले तयार भएको छ,’ गुरुङ भन्छन्, ‘उसको यो प्रयासमा नेपथ्यले पनि होस्टेमा हैंसे गर्न पाएको क्षण हामी गौरव महशुस गरिरहेका छौं ।’

कार्यक्रम आयोजकका अनुसार तिन दिने पर्यटन महोत्सबको तयारी अन्तिम चरणमा पुगेको बताउँछन् । “सिक्किमका डाँडा काँडामा नेपथ्यको संगीत गुन्जदै आएको छ । नेपथ्यको संगीत यहाका युवा र प्रौढ सबै पिंढी माझ लोकप्रिय छ” राबाङ पर्यटन महोत्सबका अध्यक्ष जिग्मे वाङचुक भुटिया भन्छन् । “रेडियो टिभीमा सुन्दै हेर्दै आएको लोकप्रिय समुहलाई राबाङमा प्रत्यक्ष हेर्न सुन्न हामी आतुर छौ” उनले थपे ।

नेपथ्य कन्सर्टका निम्ति ब्याण्ड काठमाडौंबाट प्रस्थान गर्ने अन्तिम तयारीमा छ । सँधैजस्तै सिक्किममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!