जाउलाखेल, ललितपुर । कवि तथा गीतकार घनबहादुर थापा मगरका रचनाको गीत एल्बम ‘नबिर्स’ विमोचन गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच वरिष्ठ गीतकार तथा संगीतकार शक्तिवल्लभ साथै विशिष्ट अतिथि चुँड़ामणि देवकोटा गीतकार संघका अध्यक्ष, एनटिभका डाईरेक्टर मनहरि थापा, गीतकार संघका महासचिव शुभ मुकारूङले बि.एफ.बि.एस. गोर्खा रेडियो प्रसारण कक्षबाट विमोचन गरेका हुन् । सो गीत एल्बम ‘नबिर्स’ मा कवि तथा गीतकार घनबहादुर थापा मगरका ७ वटा गीत रचनाहरू रहेका छन् । एल्बमका सबै गीत वरिष्ठ गायक आनन्द कार्कीले गाएका छन् भने डुएट गीतहरू आनन्द कार्कीको साथमा अन्जु पन्त, सविना कार्की र निकिता थापा मगरले गाएका छन् ।

संगीत शक्ति वल्लभ, शिखर सन्तोष, तारा प्रकाश लिम्बू, दीपक शर्मा, अर्जुन पोखरेल र राजनराज शर्माले भरेका छन् ।
सक्रिय समाजसेवी महिला कृष्णा थापा मगरको उत्पादन निर्माण र आनन्द इन्टरटेन्मेनको प्रस्तुति व्यवस्थापन रहेको एल्बममा नबिर्स गाउँलाई, त्यो झ्यालबाट, चाँहिदैन हिरामोती, सपनीमा पनि देखेको, उकालो जाँदा, वसन्तको फूल जस्तै र फूल्न त फूल्यो शीर्षकका गीतहरू छन ।
क्याक्मी, स्याङ्जामा स्थायी घर भएका कवि तथा गीतकार थापा मगर र उनकी धर्मपत्नी कृष्णा थापा मगर विगत केही वर्षदेखि लन्डन बस्दै आएका छन् । उनीहरु वर्षेनी नेपाल आउने र जन्म गाउँ क्याक्मीमा विद्यालय भवन, पुस्तकालय कक्ष, कम्प्युटर कक्षलगायत दुईवटा पक्की सिमेन्टेट् पुलहरू निर्माण र असहाय विद्यार्थीलाई छात्रवृति स्पोन्सर आदि अनुकरणीय कार्य गर्दै आएका छन् ।
बेलायतमा पनि सर्जक समाजसेवी दम्पती घनबहादुर र कृष्णाका उदार सामाजिक कार्य छन् । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको स्थापनाकाल सन् १९९५ देखि नै आजीवन सदस्य तथा सल्लाहकार रहेर बेलायतमा हुने साहित्यक गतिविधिहरूमा सक्रिय रहेका समाजसेवी कवि तथा गीतकार घनबहादुर थापाको विमोचित कृति नबिर्स गीत एल्बम आऔं कृति हो । यसअघि उनका ३ वटा गीति एल्बम र ३ वटा कवितासंग्रह प्रकाशित भइसकेका छन् ।
सर्जक घनबहादुले बीएफबीएसका प्रमुख विनोदध्वज खड्का, स्वारणम संगम सञ्चालक तल्सी बस्नेत, प्रिती राई तथा सम्पूर्ण बीएफबीएस परिवार काठमाडौं, ब्रुनई, युकेलगायतका मुलुकमा भएका रेडियोकर्मीप्रति आभार प्रकट गरेका थिए ।






