बेलायतमा गायिका पवित्र गुरुङको एकल साँझ सम्पन्न

SHARE:

अल्डरसट ३१ अगस्ट २०२५ । तमुधिं युके भवन मिचेटमा गायिका पवित्र गुरुङको एकल साँझ सम्पन्न भएको छ ।

गोर्खा मिडिया यूकेको आयोजनामा “म्युजिकल सोलो विथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड” च्यारिटी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अगुवा तथा अन्य महानुभावहरु गरी कार्यक्रममा  डेढ सयभन्दा बढीको सहभागिता थियो ।

गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले सञ्चालन गरेको कार्यक्रममा चर्चित गायिका पवित्रले नारायण गोपाल, भक्तराज आचार्य, अरुणा लामा, तारा देवीलगायत अग्रज कलाकारका कालजयी गीतहरु र आफ्ना गरी डेढ दर्जन गीत गाएकी थिइन् ।

पवित्रको सोलो प्रस्तुतिमा दिनेश गुरुङ नेतृत्वको डिएमटी ब्यान्डले साथ दिएको थियो । गायिका पवित्र अध्ययन गरेको गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयको सहयोगार्थ एकल साँझ गरिएको थियो । उपस्थित महानुभावहरुले सहयोग घोषणा र प्रदान गरेको आयोजक संस्था गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले जानकारी दिएका छन् ।

गायिका पवित्र र आयोजकले कार्यक्रम सफल पारिदिएकोमा सबै सहभागी र अप्रत्यक्ष रुपमा कार्यक्रमलाई साथ दिने नेपालीहरुमा धन्यवाद प्रकट गरेका छन् ।

तस्बिर सौजन्य  : मिनप्रसाद गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!