नेपालबाट कलाकारको लस्कर बेलायत आउँदै

SHARE:

लन्डन ७ सेप्टेम्बर २०२५ । बेलायतमा यही १३ सेप्टेम्बरमा हुने दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ का लागि झन्डै तीन दर्जन कलाकार आउने भएका छन् ।

कलाकारहरु रमेश बुढाथोकी, दिपक राज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, प्रदीप खड्का, विजय बराल, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, जितु नेपाल, उपासना सिंह ठकुरी, मिलन चाम्स, एन्जिला तुम्बापो सुब्बा, समर्पण लामा, डान्सर एलिसा शर्मा, दिया मास्के, मेलिना राई, मलिना जोशीलगायत बेलायत आउने जानकारी बिहीबार भएको पत्रकार सम्मेलनमा इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले जानकारी दिए । उनका अनुसार नेपालबाट कलाकारहरु ११ तारिख लन्डन उत्रने छन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको समेत प्रमुख संयोजक मोक्तानले बताए । कार्यक्रम १३ सेप्टेम्बर साँझ लन्डन ग्रीनफोर्ड टाउन हलमा कार्यक्रम हुँदैछ ।

५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने पनि मोक्तानले जनाए । जुरीमा रहेका गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापाले विभिन्न विद्यामा नोमिनिज छनोट गरेका छन् ।

आयोजकका तर्फबाट टंक भट्टराईले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम राखिएको बताए ।

इभेन्टमा प्रवेश शुल्क २५, ३० र ५० पाउण्ड एवं भिआइपीका लागि १०० पाउण्ड राखिएको छ । भिआइपी टिकेट लिए कलाकारहरुसँग ‘मिट एण्ड ग्रीट’ मा समेत सहभागी हुन पाइने छ ।

दोस्रो इन्फा अवार्ड सफल गर्न बेलायतबाट राज पाण्डे, उमेशराज मोक्तान, टंक पन्त र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् । टाइटल स्पोन्सर कलाकार, निर्माता विक्रम जोशीले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!