तमु कलाकार संघ नेपालको पाँचौं महाधिवेशनबाट अध्यक्षमा सागर गुरुङ चयन

SHARE:

काठमाडौं २१ सेप्टेम्बर २०२५ । तमु (गुरुङ) कलाकार संघ नेपालको अध्यक्षमा सागर गुरुङ चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संघको पाँचौं महाधिवेशनबाट सागरको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्ष राकेश गुरुङ, प्रथम उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष सञ्जय गुरुङ, महिला उपाध्यक्ष विष्णुमाया गुरुङ, महासचिव बलबहादुर गुरुङ, सचिव मनाङ गुरुङ,पृथ्वी गुरुङ, महिला सचिव दुर्गामाया गुरुङ, कोषाध्यक्ष टीकादेवी गुरुङ र सह-कोषाध्यक्ष शितल गुरुङ चुनिएका छन् ।

संगीत तथा गायन विभाग प्रमुख मौसम गुरुङ, वाद्यवादन विभाग प्रमुख क्षेत्रबहादुर गुरुङ, नृत्य तथा हास्य विभाग प्रमुख दीप गुरुङ,चलचित्र विभाग प्रमुख वीरबल घले, प्रदेश संगठन विभाग प्रमुख निशा गुरुङ, वैदेशिक बिभाग प्रमुख जालुमाया गुरुङ चुनिएका संघले जनाएको छ ।

सदस्यहरुमा कुसुमकुमारी गुरुङ, भिमकला गुरुङ, कुसुम कला गुरुङ, कुलबहादुर गुरुङ, सुष्मिता गुरुङ, लक्ष्मी गुरुङ, दिपक गुरुङ, तृतीय गुरुङ र सुमित्रा गुरुङ (बागलुङ) चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सागर गुरुङ

अध्यक्ष शर्मिला गुरुङको अध्यक्षतामा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । महाधिवेशनमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङ,महासचिव एवम् अधिवक्ता राजु गुरुङ,कोषाध्यक्ष ई. गंगा गुरुङ, तमु धीं दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपा गुरुङ, तमु (गुरुङ), तमु (गुरुङ) कलाकार संघ नेपालका संस्थापक अध्यक्ष राजु गुरुङ,सल्लाहकार प्रितम गुरुङ,सल्लाहकार हितमान गुरुङ, सल्लाहकार महेश गुरुङलगायत विभिन्न संघ संस्थाका अध्यक्ष,प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य तमु (गुरुङ) कलाकार संघ नेपालका उपाध्यक्ष राकेश गुरुङले राखेका थिए भने कार्यक्रम उपाध्यक्ष सागर गुरुङले संचालन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्का उपाध्यक्ष सीता गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष माया गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपालका सल्लाहकार हितमान गुरुङ, तमु धीं दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपा गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का महासचिव एवम् अधिवक्ता राजु गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपालका संस्थापक अध्यक्ष राजु गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ र महाधिवेशनका प्रमुख अतिथि रेशम गुरुङले मन्तव्य राखेका थिए ।

महाधिवेशनमा देउबहादुर र कमला गुरुङ अक्षयकोषबाट कलाकारिताको उच्च मूल्यांकन गर्दै वरिष्ठ कलाकार रेशम गुरुङ, दिपक गुरुङको कलाको उच्च मूल्यांकन गर्दै वरिष्ठ गायिका हरिमाया गुरुङ र उपाध्यक्ष विष्णुमाया गुरुङ सम्मानित भए ।

युनिभर्सल विजेता रिस्ता गुरुङ र अन्तर्राष्ट्रिय मार्शल आर्ट्स प्रतियोगिताहरुमा स्वर्ण तथा अन्य पदक प्राप्त गरी नेपाल र तमु (गुरुङ) समुदायलाई गौरवान्वित बनाएको भन्दै खेलाडी एवम् निर्देशक भूपेन्द्र गुरुङलाई सम्मान गरिएको थियो ।

त्यसैगरी तमु (गुरुङ ) कलाकार संघ नेपाल गण्डकी प्रदेशलाई पनि सम्मान गरेको छ । बन्दसत्रमा महासचिवद्वारा तमु (गुरुङ) कलाकार संघ नेपालको पाँचौं महाधिवेशनको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!