अब चाहिएन सुपरस्टार

SHARE:

फिल्मले गतिलो कमाइ गर्न सुपरस्टार हुनै पर्नेजस्तो बाध्यकारी अवस्था अब रहेन । फिल्ममा स्टार नभए पनि मार्केटिङ र कथावस्तु गतिलो छ भने फिल्म चल्न सक्छ भन्ने उदाहरण पछिल्लो एक वर्षभित्र रिलिज केही बलिउड फिल्मले पेस गरिसकेका छन् ।

खासगरी कम बजेटका ती फिल्मले कथावस्तु र चोटिलो पटकथाकै भरमा दर्शकको मन जित्न सफल देखिए । सुपरस्टार आबद्ध भनिएका केवल ‘पद्मावत’ र ‘सन्जु’ ले मात्र यस वर्ष बलिउडमा राम्रो व्यापार गरे ।

दुवै फिल्मले कमाइको तीन सय करोडको आँकडा पार गरे पनि बजेट पनि ठूलै थियो । लगानी अनुपातमा फाइदा भने खास धेरै हैन । बरु सानो बजेटमै एक सय करोड बढी कमाइ गर्ने विषयप्रधान फिल्मको कमाइ अनुपात बढी देखिएको छ ।

भारतीय फिल्मका ट्रेड एनालिस्ट तरण आदर्शले वर्षका १० ठूला फिल्ममा ठूला हिरो वा धेरै बजेटका फिल्मको भन्दा ‘बधाई हो’, ‘अन्धाधुन’ वा ‘सोनु के टिटु की स्विटी’ जस्ता फिल्मको दबदबा बढिरहेको बताएका छन्रु। हाल प्रदर्शनको क्रममै रहेको आयुष्मान खुराना अभिनीत ‘बधाई हो’ लाई लिएर तरण बढी नै आशावादी देखिए ।

उनले साता नबित्दै ५० करोड भारुको कमाइ गरिसकेको उक्त फिल्ममा दर्शक चाप बढिरहेको देख्दा तिहारसम्म हल नछोड्ने उनको अनुमान छ । ‘बधाई हो’ मा आयुष्मानसहित नीना गुप्ता, गजराज रावलगायत कम चल्तीका कलाकार छन् । न त निर्देशक अमित रवीन्द्रनाथ शर्मा नै व्यापारका हिसाबले ठूला निर्देशक मानिन्थे ।

तर फिल्म कुनै एक स्टार वा उसको चरित्रमा भन्दा पूरै चरित्र र कथामा बाँधिएको छ । यी सबै फिल्मले ठूलो मार्केटिङ नगरे पनि सकारात्मक समीक्षाका कारण दर्शक बटुल्न सफल रहे । श्रीराम राघवन निर्दे्शित ‘अन्धाधुन’ पनि यही हिसाबको रह्यो । दुवै फिल्मको लिडमा भने आयुष्मान छन् । लगातारका दुवै फिल्मको सफलताले यति बेला आयुष्मान पनि सुपरस्टारका लागि थ्रेट बनेर उभिएका छन् ।

राजकुमार राव र उनका फिल्म त पछिल्लो समय बजार पिट्नेमा नै पर्छन् । हालै उनी र श्रद्धा कपुर अभिनीत ‘स्त्री’ ले पनि समीक्षकको प्रशंसासँगै बक्सअफिसमा पैसा पनि बटुल्यो । फिल्मले सय करोडभन्दा बढी कमाइदियो ।

अचेल बलिउडमा पनि आम मान्छेका कथा बिक्न थालेका छन् । यस्तै फिल्ममा पर्ने ‘सोनु के टिटु की स्विटी’ पनि हो । एउटा साथीको हुनेवाला विवाहमा केन्द्रित उक्त फिल्मको पटकथालाई विशेष रुचाइएको थियो ।

फिल्ममा कार्तिक आर्यन, सनी सिंह, नुसरत भरुचा, आलोकनाथजस्ता कम चिनिएका कलाकार छन् । यस फिल्मले पनि कमाइमा सय करोड पार गरेको थियो ।

त्यसैगरी करिना कपुर, सोनम कपुरजस्ता महिला कलाकार प्रमुख भूमिकामा रहेको ‘वीरे दी वेडिङ’ ले पनि ७० करोड भारु कमाएको थियो भने महिला पात्र नै केन्द्रमा रहेका ‘हिचकी’, ‘राजी’ ले पनि गतिलै दर्शकसाथ पाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!