तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बाल काशी गुरुङ र चिज गुरुङ बेलायत आए।

SHARE:

सन्त गुरुङ – बेलायत।

तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा नेपालका चर्चित कलाकारहरु बाल काशी गुरुङ र चिज गुरुङ बेलायत आएका छन् । कलाकारहरुलाई तमु प्ये ल्हु संघ युकेले आगामी डिसेम्बर ३० तारिख मंगलबारको दिन ह्यारो लेजर सेन्टरमा गुरुङहरूको महान चाड “त” ल्होसार (घोडा बर्ग) मनाउनका लागि आमन्त्रण गरेको हो ।

आमन्त्रित कलाकारदय श्री चीज गुरुङ (तमु) र बाल काशी गुरुङ (तमु) हिजो डिसेम्बर १० तारिख बुधबारको सांझ हिथ्रो टर्मिनल ४ मा प्ये ल्हु संघ युकेको अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ महासचिव श्री भेकलाल गुरुङ उपाध्यक्ष श्री डम्बर तमु साथै संघका सल्लाहकारहरु र सदस्यहरू स्वागतको लागि उपस्थित भएका थिए ।

अर्का चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङ भने अर्को हप्ता आउने भएको छ। बेलायतको Harrow Leisure Centre, Christchurch Avenue, Harrow London, HA3 5BD मा हुनगैरहेको यो बर्षको कार्यक्रम नाग वा सर्प बर्ग (सप्र्ही ल्हो) लाई विदाई र त ल्होको आगमनलाई स्वागत गरिनेछ । यस कार्यक्रम बिहान पच्यु क्ल्हेप्री र लम गुरुहरूद्वारा पूजा अर्चना गरि दीन दशाग्रह काटेर प्ल्हरु अथवा रिपा लगाई दिनुहुने छ।

सोहिदिन नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु श्री चीज गुरुङ, निर्जला गुरुङ, बालकाशी गुरुङ र स्थानीय कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रम रातको ११ बजे समाप्त हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!