सिक्किममा चलचित्र ‘आसे’ प्रदर्शन, निर्देशक लाफा सम्मानित

SHARE:

सिक्किम । मगर भाषा, संस्कृति संरक्षण समिति गान्तोक सिक्किमको आयोजनामा सिक्किमको गान्तोकमा पहिलो पटक सन्जोग लाफा मगर निर्देशित मगर चलचित्र ‘आसे’ र वृत्तचित्र ‘जिवित तर मृत्यु’ प्रदर्शन गरिएको छ ।

अखिल मगर संघ सिक्किमको स्थापना भएको २५ औँ वर्ष, रजत जयन्तीको अवसरमा सिक्किम सरकार सूचना तथा जनसम्पर्क सहायक निर्देशक विष्णु रानामगर र अखिल मगर संघ सिक्किम महासचिव बिमल थापा मगरको पहलमा चलचित्र र वृत्तचित्र प्रदर्शन गरिएको हो । मुग्लान गएका प्रेमीको अन्तहीन प्रतिक्षा आसे चलचित्र र चार दशक बेपत्ता भएका मगर आदिकविको खोजी ‘जीवित तर मृत्यु’ वृत्तचित्र हेरेपछि दर्शक भावबिह्वल बनेका थिए ।

सिक्किमको बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिने जनाइएको छ । चलचित्र प्रदर्शनअघि निर्देशक लाफा मगरलाई सिक्किम मगर संघका उपाध्यक्ष, केबी घले मगरले सम्म्मान गरेका थिए ।

कार्यक्रममा भारतीय राष्ट्रिय मगर संघका महासचिव, अखिल मगर संघ सिक्किमका कोषाध्यक्ष अबिमाया थापा मगर, पूर्वबिधायक मनिता मगर, विशिष्ट मगरहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!