मनिषाले ल्याइन् आत्मकथा

SHARE:

बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला आत्मकथा लिएर आएकी छन् । उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ शनिबार सार्वजनिक गरिएको छ ।

सात वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पिडित भएकी थिइन् । अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको मनिषा बताउने गर्छिन् ।
मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि मायन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्क्र्उदै छु ।’

सुभाष घई निर्दे्शित फिल्म ‘सौदागर’ बाट चर्चामा आएकी मनिषाले बलिउडमा थुप्रै हिट फिल्ममा काम गरेकी छिन् । कुनै समय उनी नम्बर १ नायिकाको दौडमा समेत थिइन् । तर, उनले आफ्नो करिअरलाई सम्हालेर अघि बढाउन सकिनन् । पछिल्ला फिल्महरु लगातार फ्लप भएपछि मनिषाले इन्डष्ट्रीबाटै पलायन हुनुपरेको थियो ।

आफ्नो फिल्मी करिअर ओरालो लागेसँगै नेपाली व्यवसायी सम्राट दाहालसँग मनिषाले घरजम गरिन् । तर, उनीहरुको दाम्पत्य जीवन धेरै समय टिक्न सकेन । एकाध वर्षमै उनीहरु अलग भए । श्रीमानसँग अलग भएसँगै मनिषा क्यान्सरबाट पिडित बनेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!