लोक नाटक लिलामे माइलो मञ्चन शुरु

SHARE:

काठमाडौँ । लोक नाटक शुक्रबारदेखि मञ्चन शुरु भएको छ । नयाँ बानेश्वरस्थित कुञ्ज थिएटरमा नाटक आगामी पुस ७ गतेसम्म लाग्नेछ । नाटक हरेक दिन ४:३० बजे तथा शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ । कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचाले गर्नुभएको छ । नाटकमा कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, वीरेन्द्र खाती, अलविना न्यौपाने, मनोज थापामगर, सन्जिव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, वीरेन्द्र खाती, शिला रानामगर, सचिन मल्ल, सङ्गीता थापा, सुनिल तामाङ, ललित मगर, चक्र विष्ट, पारुहाङ्ग राई रहेका छन् भने प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रालिको रहको छ ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकारसहितका टोली एक हप्तासम्म मोरङको लेटाङस्थित राजारानी ताल आसपास गएको थियो । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजातिमध्येका मगर जातिको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवद्र्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए । नाटक मञ्चनबाट सङ्कलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता गौतमले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!