सांसद राईलाई बेलायतवासी ईन्द्र घोथानेको सुझाव – `श्रम राष्ट्रपिता` हर्क साम्पाङ राई भनेर सधैंभरि यादगार रहोस्

SHARE:

हर्क साम्पाङज्यू,

तपाईं एउटा युवा नेता जनताको मनमस्तिष्कमा बस्न सफल,मनले सफा र बोलेर होइन गरेर देखाउने स्वभावका व्यक्तित्व हुनुहुन्छ। यही कारणले नेपाली जनताले तपाईंप्रति देशको समृद्धि र विकास सम्भव छ भन्ने गहिरो विश्वास राखेका छन्। तपाईंप्रति देखिएको यो भरोसा साधारण होइन यो वर्षौँको अपेक्षा र आशाको प्रतिफल हो।

तपाईंलाई मैले आज एउटा नेपाली नागरिक र तपाईंको ठूलो फ्यान भएको नाताले केही लेखेको छु। तपाईंप्रति मेरो यो लेखाइ कुनै आक्रोश होइन, बरु एक नागरिकको मनको गहिरो भावना र अपेक्षाको आवाज हो। तपाईं हिजोको दिनमा धरान उपमहानगरपालिकाका मेयर हुँदा तपाईंले गरेका निर्माण कार्यहरूमा सहयोग गर्न हरेक घरबाट एकएक जना सदस्यहरू हातेमालो गर्दै सहभागी भएका थिए। जनताले श्रम साथ र विश्वास दिएका थिए किनकि तपाईंले श्रम गरे मात्र देश विकासित हुन्छ भन्ने सन्देश दिनुभएको थियो।

त्यही विश्वासका आधारमा बोलेर होइन गरेर देखाउने नेता भनेर जनताले तपाईंलाई देशको कानुन बनाउने पवित्र स्थान प्रतिनिधि सभा, संसद भवनसम्म पुर्‍याएका हुन्। त्यो विश्वासको मूल्य निकै ठूलो छ र त्यो जिम्मेवारी अझ ठूलो।

तपाईंले आफ्नो क्षेत्रका समस्या चाहे जुनसुकै पार्टीसँग सम्बन्धित किन नहोस् समग्र रूपमा प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठकमा उपस्थित भई अगाडि राख्नुभएको भए कति राम्रो हुन्थ्यो तर प्रधानमन्त्री ज्युले बोलाउनुभएको बैठकलाई कोठे बैठक भन्दै यस सुनौलो अवसरलाई अस्वीकार गर्नुभयो यो निर्णय किन लिनुभयो भन्ने कुरा तपाईं आफैंले एकपटक शान्त भएर सोच्नुपर्ने देखिन्छ।

तपाईं केवल आफ्नो परिवारको मात्र जनप्रतिनिधि होइन तपाईँ सम्पूर्ण नेपाली तथा तपाईँको क्षेत्रको जनताको प्रतिनिधि हो र आफ्नो क्षेत्रको विकासका लागि प्रधानमन्त्रीले जहाँ बोलाए पनि तपाईँले यो सोच्नुपर्दछ मेरो लागि र मेरो क्षेत्रको जनताको लागि स्थान ठूलो होइन उद्देश्य ठूलो हो भन्ने सकारात्मक सोच राख्नु भई। विकासको ढोका खुल्ने हो भने त्यहाँ पुग्न संकोच गर्नु हुँदैन।

अर्को महत्त्वपूर्ण कुरा अरू नेता वा प्रधानमन्त्रीको आलोचना गर्नुभन्दा पहिला आफ्नो क्षेत्रको विकासतर्फ ध्यान दिनुहोस् त्यहाँ के को कमी कमजोरी छन् के आवश्यकताहरू छन् ती कार्यहरु प्रति पूरा गर्नेतर्फ लाग्नुहोस् न कि दिनदिनै आलोचना गर्दै भ्रम फैलाउने काम गर्नुभयो भने तपाईँलाई भविष्यमा जुन जनताले तपाईंलाई विश्वास गरेर आफ्नो जनप्रतिनिधि मान्नुभयो भविष्यमा यसले अर्कै मूल्य लिन सक्छ। अनि अर्को कुरा तपाईं पहिलोपटक प्रतिनिधि सभामा पुग्नुभएको हो त्यसैले भविष्यको लागि पनि राम्रो बाटो निर्माण गर्नु जरुरी छ।

हो, तपाईं विपक्ष दलमा हुनुहुन्छ। तपाईंले प्रश्न उठाउन सक्नुहुन्छ र उठाउन पनि पर्छ तर प्रश्न सधैं जायज र जनताको हितमा हुनुपर्छ यदि तपाईंको क्षेत्रमा बजेट आएको छैन तपाईंका मागहरू बेवास्ता गरिएका छन् वा गलत निर्णय लिइएको छ भने त्यसविरुद्ध आवाज उठाउनु आवश्यक छ। तर शुरुवातमै निरन्तर सोसल मिडियामा नै प्रश्न उठाएर जनतामा अन्योल र अविश्वास सिर्जना हुने अवस्था नआओस्।

तपाईं यस्तो नेता बन्नुहोस् जसलाई तपाईँलाई देख्दा जनताले गर्वका साथ हाम्रो नेता आयो भनेर स्वागत गरून् टोलटोलमा,गल्लीगल्लीमा जयजयकार होस्। गिटार बजाएर वा स्टाटस लेखेर आफ्नो भएको बौद्धिकता पनि नगुमाउनुहोस् र वास्तविक काम गरेर जनताको मन जित्ने नेतृत्वको आवश्यकता छ न कि सोसल मिडियामा दिनदिनै स्टाटस लेखेर आलोचना गर्ने नेतृत्वको ।
विगतमा जे भयो त्यो भइसकेको कुरा हो तर केही बिग्रेको छैन वर्तमान अझै तपाईंको हातमा छ। सरलता,नम्रता र विकासप्रतिको स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुभयो भने टाढिएका जनताहरू पनि फेरि तपाईं नजिक आउनेछन्।

नेपाली जनताका लागि तपाईं हाम्रो श्रम र समर्पणको प्रतीक `श्रम राष्ट्रपिता` हर्क साम्पाङ राई भनेर सधैंभरि यादगार रहोस्।
यो फोटोमा तपाईं र प्रधानमन्त्री बालेन शाहको हँसिलो अनुहार हेर्दा मनभरि उत्साह र आशा भरिन्छ। यस्तै मुस्कान हो,जुन हरेक नेपालीको मनले निरन्तर अनुभूति गर्न चाहन्छ। उज्यालो र सकारात्मक भविष्यको झल्को लिएर आएको यो मुस्कान हाम्रो देशका लागि प्रेरणाको प्रतिक बन्ने छ।
फेसबुकबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!