लन्डन । नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका निरा थापा मगरको सांगीतिक साँझ हुने भएको छ ।
ह्यारोस्थित नर्थहोल्टमा रहेको गोल्डेन सीप रेस्टुरेन्टमा यही २४ अप्रिल २०२६ मा एकल साँज हुन लागेको हो । आयोजकसमेत रहेका गोल्डेन सीप रेस्टुरेन्टका सञ्चालक एवं समाजसेवी देव गुरुङले कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।
कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु हुने छ । गायिका निराले पनि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई चुले निम्तो भनेकी छन् ।
गोल्डेन सीप रेस्टुरेन्टमा नेपालबाट आउने कलाकारहरुको प्राय: एकल साँझ आयोजना हुने गरेको छ ।
मोडलसमेत रहेकी निरा गत जनवरी ७ तारिखमा बेलायत आएकी हुन् । मगर संघ यूके यूएसएसबी शाखाको माघे संक्रान्ति कार्यक्रमका लागि लन्डन आएकी हुन् । त्यसपछि बेलायतमा विभिन्न कार्यक्रममा प्रस्तुति दिइसकिन् ।






