‘कुनै पनि परिस्थितिमा नि:स्वार्थ माया दिने अरु कोही हुँदैनन् संसारमा आमाबाहेक’

SHARE:

“आमा” यो सानो पर्यायवाची शब्दभित्र कति ठूलो संसार लुकेको छ । सायद हामाले कहिल्यै पनि पूरा बुझ्न सकेका छैनौं । हामी जन्मिनु अघि नै एउटा ठूलो सपना देख्ने एउटी व्यक्ति ती हुन् आमा । हामी बोली नफुट्दा पनि हाम्रो हाउभाउ बुझ्न सक्ने व्यक्ति हुन् आमा ।

आफू भोकै हुँदा पनि हामीलाई खुवाउने, थाकेर चौपट्ट हुँदा पनि हामीलाई सुताउने व्यक्ति पनि आमा । हामी सानो हुँदा हाम्रो खुशीमा रमाउने ती आमा, ठुलो हुँदै जाँदा आशा भरोसा र आनन्दमा रमाउने पनि ती आमा । हाम्रो गल्तीमा उहाँ रिसाउनु हुन्छ तर त्यो रिसभित्र विशाल सागरसरीको माया लुकेको हुन्छ । हामीलाई लाग्छ, आमालाई पनि थकाई लाग्दो हो, भोक तिर्खा लाग्दो हो, दुःखलाग्दो हो, तर उहाँ कहिल्यै पनि ती सब बाहिर देखाउनु हुन्न, किनकि आफ्ना छोराछोरी खुशी भएको देख्न चाहनु हुन्छ र खुशी छन् भने त्यसै सन्तोष मान्नु हुन्छ ।

हामी कर्म सोझो गर्न भनी बाहिरिन्छौं, अनेक रमझममा रमिन्छौ, अन्ततः हामीलाई अति माया गर्ने आमालाई बिर्सन कतिबेर लाग्दैन । समयको छालसँगै हाम्रो जीवनशैली अर्कै दिशातर्फ मोडिँदै गइरहेको हुन्छ । हामीलाई सबैभन्दा माया गर्ने ती आमालाई समय दिन सकिरहेका हुँदैनौ । यदि संसारमा साँचो भगवान खोज्ने हो भने संसार धाउन पर्दैन । त्यो मन्दिररुपी आमाको मुटुभित्र हुन्छ त्यो साँच्चो भगवान ।

यदि त्यो मुटुको धड्कन सन्तोष र आनन्दले चलेको छ भने छोराछोरीको लागि आनन्दको क्षण त्यहीं हो । कुनै पनि परिस्थितिमा निस्वार्थ माया दिने अरु कोही हुँदैनन् संसारमा जन्मदिने आमा सिवाय ।

आज ती अपार माया दिने आमाहरुको मुख हेर्ने दिन (माता तिर्थ औंशी) हो । मेरी स्व. आमाको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दै अझै त्यसरी माया गरिरहनुहुने सम्पूर्ण पूज्यणीय आमाहरुप्रति सादर दण्डवत अनि प्रणाम गर्दछु ।

फेसबुकबाट साभार
(परशु गुरुङ तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष हुन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!